• २०८१ बैशाख १२ बुधबार

नेइमारको खुट्टाको औला फ्र्याक्चर, रियल म्याड्रिडविरुद्ध खेल्न नसक्ने 

kharibot

काठमाडौँ । पिएसजीका स्टार खेलाडी नेइमारको खुट्टा फ्र्याक्चर भएको क्लबले जानकारी गराएको छ । 

शनिबार राति मार्सेलीविरुद्धको खेलमा घाइते भएका नेइमारको खुट्टाको औला र एन्कलमा फ्र्याक्चर भएको पिएसजीले जनाएको छ । खेलको ८०औ मिनेटमा घाइते भएपछि उनलाई स्टेचरमा मैदानबाट बाहिरिएका थिए । 

क्लबले नेइमार कहिलेसम्म मैदान बाहिर रहन्छन भन्ने बारे केहि उल्लेख गरेको छैन । 

आगामी मार्च ६ मा च्याम्पियन्स लिग अन्तर्गत दोस्रो लिगमा रियल म्याड्रिडसँग घरेलु मैदानमा खेल्न लागेको पिएसजी नेइमार खेल्ने बारे भने अब आशंका उत्पन्न भएको छ । नेइमारको इन्जुरी हेर्दा रियलविरुद्ध घरेलु मैदानमा नेइमार खेल्न नसक्ने बताइएको छ ।

पिएसजीले लिग वानमा १४ अंकको अग्रता लिएको छ भने च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लिगमा रियल म्याड्रिडसँग ३-१ गोलले पछाडी परेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै