• २०८१ बैशाख ८ शनिबार

वैतडीमा बालकमाथि चितुवाको आक्रमण, घाइते बालकको उपचार हुदै

kharibot

फाइल तस्बिर

बैतडी ।  बैतडीमा सोमबार राति चितुवाले एक बालकलाई आक्रमण गरेको छ । 

आक्रमणमा परी मेलौली नगरपालिका–९, रोकटाका मानबहादुर चन्दका डेढ वर्षीय छोरा गणेशबहादुर चन्द गम्भीर घाइते भएका बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । 

घरकै भुइँतलाको भान्छा कोठामा रहेका बालकमाथि चितुवाले आक्रमण गरेको हो । चितुवाको आक्रमणले चन्दको आँखा, टाउको र गालामा गहिरो घाउ रहेको छ । घाइते बालकलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि आज विहान सेती अञ्चल अस्पताल, धनगढी रिफर गरिएको छ । 

विगत छ वर्षदेखि चितुवाले आक्रमण गरी त्यस क्षेत्रका २३ जनाको ज्यान लिइसकेको छ । केही समय चितुवाले मानिसलाई आक्रमण नगरेको भए पनि फेरि आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका वीरेन्द्र महताले जानकारी दिए । उनले भने “हामी जहिले पनि त्रासमै छौँ, स्थानीय प्रशासन मौन छ ।” 

चितुवा नियन्त्रणका लागि पटक–पटक प्रहरी परिचालन गरिएता पनि सफलता भने हात नलागेको प्रशासनले जनाएको छ । बेला–बेलामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षक टोली खटिए पनि चितुवा फेला पार्न नसकेर टोली फर्किएको थियो । 

त्यस क्षेत्रमा चितुवाले बालबालिका र महिलालाई बढी आक्रमण गर्ने गरेको छ । यसअघि गत भदौमा पनि एक महिलालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै