• २०८१ बैशाख १२ बुधबार

साउदी सरकारद्वारा प्रमुखसहित सेनाका कैयौ वरिष्ठ अधिकारी बर्खास्त 

kharibot

काठमाडौँ । साउदी अरबमा सेनाका वरिष्ठ अधिकारीहरुलाई बर्खास्त गरिएको छ ।

वायु सेना र थल सेना प्रमुखसहित कैयौ वरिष्ठ अधिकारीहरुलाई सरकारको एक शाही आदेशबात बर्खास्त गरिएको बिबिसीले उल्लेख गरेको छ ।

साथै शाही आदेशबाटै उपमन्त्रीहरुको नियुक्ति समेत गरिएको जनाइएको छ । जसमा तमादुर विंत युसुफ अल रमाह नाम गरेकी महिलालाइ समेत उपमन्त्री बनाइएको छ । साउदी अरबमा कुनै महिला उपमन्त्री हुनु आम कुरा नभएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

साउदी सरकारको यो फैसला यस्तो बेलामा आएको छ जब साउदी नेतृत्वको गठबन्धनले यमनका विद्रोहीहरुसँग लडेको तीन बर्ष पुरा हुदै छ । 

युद्धका कारण साउदी अर्थव्यवस्थामा सिधै असर पुगेको र देशमा अतिरिक्त आर्थिक बोझ परेको अवस्थामा सरकारले यस्तो निर्णय गरेको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै