• २०८१ बैशाख ७ शुक्रबार

नेपाल मेडिसिटीमा स्ट्याण्डर्ड चार्टडका जेष्ठ नागरिक ग्राहकलाई विशेष सुविधा 

kharibot

काठमाडौँ । स्ट्याण्डर्ड चार्टड बैंकले आफूसँग लामो समयदेखि आबद्ध प्राथमिकताप्राप्त जेष्ठ नागरिक ग्राहकहरुलाई उच्च सम्मानका साथ नेपाल मेडिसिटी अस्पतालको ‘अभिभावकप्रति समर्पित’ कार्यक्रम निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ  ।

एक समारोहकाबीच स्ट्याण्डर्ड चार्टड बैंक नेपाल लिमिटेडका कार्यकारी अधिकृत जोसेफ सिल्भानुस र नेपाल मेडिसिटी अस्पतालका कार्यकारी अधिकृत सुधाकर जयरामले सम्झौतामा हस्ताक्षर गरी कार्यक्रमको शुभारम्भ गरेका छन् । 

‘अभिभावकप्रति समर्पित’कार्यक्रमअन्तर्गत नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्यउपचार गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्ने, खानपान एवं पोषणका बारेमा जानकारी दिने, फिजियो थेरापी तथा ब्यायामहरु सिकाउने, आकस्मिक रुपमा अस्पतालमा उपचारका लागि आउनु परेको खण्डमा एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने, अस्पतालको विविध सामाजिक कार्यहरुमा सरिक गराउने लगायतका सेवामूलक कार्यहरु रहेका अस्पतालका प्रमुखकार्यकारी अधिकृत जयरामले बताए । 

लामो समय देखि बैंक सँगसँगै रहेका जेष्ठ नागारिक ग्राहकहरुको स्वास्थ्यमा बैंकले केही सकारात्मक पहल गरी उनीहरुको जीवनमा केही उर्जा थप्न‘अभिभावकप्रति समर्पित’कार्यक्रमले सहयोग पुर्याउने बैकका कार्यकारी अधिकृत सिल्भानुसले बताए । 

सो अवसरमा नेपाल मेडिसिटी एक अभियान भएको र यसले नेपालीहरुको सम्पूर्ण उपचार अब देशमै सम्भव बनाउने नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले बताए । नेपालीहरुलाई आफ्नै घर आँगनमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्तहोस् भन्ने हेतुले आफहरुले काठमाडौ अरु ४ वटा र प्रत्येक प्रदेशमा एक एक वटा अस्पताल निर्माण गर्ने योजना रहेको समेत जानकारी डा महतोले गराए । 

सम्झौताअनुसार बैकका सबै डेबिड, क्रेडिट कार्ड होल्डर ग्राहकहरुले अस्पतालको सबै सेवामा विशेष सहुलियत सहित प्राथमिकता साथ उपचार सेवा प्राप्त गर्ने कार्यक्रममा जानकारी गराईयो । अस्पताल र बैंकले आफ्ना सामाजिक कार्यहरुमा साथ साथ कार्यक्रम गर्ने समेत सम्झौतामा उल्लेख गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै