• २०८१ बैशाख ८ शनिबार

अर्थमन्त्रीमा डा.युवराज खतिवडाको नियुक्तप्रति तरुण दलको विरोध 

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा डा युवराज खतिवडालाई नियुक्त गरेकोमा काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले आपत्ति जनाएको छ ।

तरुण दलका महामन्त्री भुपेन्द्र जंग शाहीले एक व्यक्तव्य जारी गर्दै सम्मानित सर्वोच्च अदालतले सांसदमा शपथ नगरौं आदेश दिएको अवस्थामा सोहि व्यक्तिलाई नै मन्त्री बनाएर वाम गठबन्धनले लोकतान्त्रिक मुल्य मान्यताको उपहास गरेको उल्लेख गरेको छ ।  

संघीय संसदको सदस्य नभएको व्यक्तिलाई अर्थ मन्त्रालय जस्तो महत्त्वपूर्ण जिम्मेवारी सुम्पनु भनेको भर्खरै प्राप्त ताजा जनादेशको समेत बिपरित हो भन्दै तरुण दलले जनताबाट निर्वाचित जन प्रतिनिधि हरुलाइई किनारा लगायर सरकारले आफ्नो निहित स्वार्थको लागि जनमतको खिल्ली उडाएको आरोप लगाएको छ ।

विज्ञप्तीमा यसलाई सरकारको नैतिक स्खलन र लोकतान्त्रिक मूल्य मान्यताको ठाडो उल्लंघन हो भन्दै सरकारको यस्तो अलोकतान्त्रिक र अनैतिक निर्णयको घोर भ्रत्सना गर्दै संविधानको अक्षरस पालना, लोकतान्त्रिक विधि र प्रक्रिया र नैतिक मुल्यमा आधारित रहेर मात्र अगाडि बढन सचेत सचेत गराएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै