• २०८१ बैशाख १४ शुक्रबार

मानेको गोलमा लिभरपुलको जित 

kharibot

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा लिभरपुल विजयी भएको छ ।  

लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको छ । खेलको एक मात्र गोल साडियो मानेले गरेका थिए । मानेले खेलको ७३औ मिनेटमा गोल गरेका थिए ।

पहिलो खेलमा ३-३ खेलको बराबरीको नतिजा निकालेको लिभरपुलले दोस्रो खेलमा जित हासिल गरेको छ । आफ्ना ब्राजिलियन स्ट्राइकर फ्लिप कोन्टिन्हो बार्सिलोना जाने रुची देखाएपछि लिभरपुल दबाबमा देखिए पनि सिजनको सुरुवात भने राम्रो गरेको छ ।  

प्रिमिएर लिग अन्तर्गत शनिबार भएका अन्य खेलमा साउथहम्पटनले वेस्टह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको छ भने लेस्टर सिटीले ब्रिंगटनलाई २-० ले पराजित गरेको छ ।

त्यस्तै वाटफोर्डले बोर्नमाउथलाई २-० ले र वेस्ट बोर्नविचले बुर्नलीलाई १-० ले पराजित गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै