मानेको गोलमा लिभरपुलको जित 

खरीबोट

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा लिभरपुल विजयी भएको छ ।  

लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको छ । खेलको एक मात्र गोल साडियो मानेले गरेका थिए । मानेले खेलको ७३औ मिनेटमा गोल गरेका थिए ।

पहिलो खेलमा ३-३ खेलको बराबरीको नतिजा निकालेको लिभरपुलले दोस्रो खेलमा जित हासिल गरेको छ । आफ्ना ब्राजिलियन स्ट्राइकर फ्लिप कोन्टिन्हो बार्सिलोना जाने रुची देखाएपछि लिभरपुल दबाबमा देखिए पनि सिजनको सुरुवात भने राम्रो गरेको छ ।  

प्रिमिएर लिग अन्तर्गत शनिबार भएका अन्य खेलमा साउथहम्पटनले वेस्टह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको छ भने लेस्टर सिटीले ब्रिंगटनलाई २-० ले पराजित गरेको छ ।

त्यस्तै वाटफोर्डले बोर्नमाउथलाई २-० ले र वेस्ट बोर्नविचले बुर्नलीलाई १-० ले पराजित गरेको छ ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिग : लिभरपुलको जितमा मानेको ह्याट्रिक 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले पोर्टोलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ । पोर्टोको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा सादियो मानेले ह्याट्रिक गरेका छन् । खेलको २५औं मिनेटमा

काल्सबर्गको ग्राहक क्याम्पियनको विजेताले सालहलाई प्रदान गरे लिभरपुलमा म्यान अफ द म्याच अवार्ड 

काठमाडौँ । काल्सवर्गको फच्र्युन फेबर्स द फ्यान्स प्रोब्याब्लीका विजेता रबिन श्रेष्ठले फेबु्रअरी ४ मा एन्फिल्ड स्टेडियम लिभरपुलमा भएको लिभरपुल विरुद्ध टोट्टेन्हम्को खेलमा मोहमद सालाहलाई काल्र्सवर्ग म्यान अफ द म्याच अवार्ड

टोटनह्याम र लिभरपुल बराबरीमा रोकिए, केनले गरे प्रिमियर लिगमा सयौ गोल 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत गएराती भएको रोमान्चक खेलमा लिभरपुल र टोटनह्यामबीचको खेल बराबरीमा सकिएको छ । लिभरपुलको घरेलु मैदानमा भएको खेलमा खेलको इन्जुरी समयमा पेनाल्टीबाट गोल गर्दै ह्यारी केनले

प्रिमियर लिगमा लिभरपुल पराजित 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल स्वान्सी सिटीसँग पराजित भएको छ । गएराती स्वान्सीको घरेलु मैदानमा भएको खेलमा लिभरपुल १-० ले पराजित भएको हो । स्वान्सीको जितमा खेलको ४०औ मिनेटमा