• २०८१ बैशाख १३ बिहीबार

सिटी एक्सप्रेस र अरबको बैक अल बिलादबीच सम्झौता

kharibot

काठमाडौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र बैंक अल बिलाद , एन्जाज साउदी अरब बिच रेमिटान्स सम्झौता भएको छ ।

साउदी अरबको ख्याति प्राप्त बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु भएको हो । 

एन्जाज सर्भिस सेन्टरको १७९ रेमिटान्स सेन्टरहरु बाट नेपालीहरुले नेपालमा सिधैं नगद पठाउन वा नेपाला रहेको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न सक्ने छन् ।

हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फ बाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र अल बिलाद बैंकको तर्फबाट बैंक प्रमुखहरु साद अल द्रीस र अह्मेद अल एनाजिले हस्ताक्षर गरेका हुन् ।

अल बिलाद बैकंले सिटी एक्सप्रेससँग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशि ब्यक्त गर्दै आगामी दिनहरुमा सिटी एक्सप्रेससंग नयाँ प्रबिधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिए । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत ११ बर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ५५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै