• २०८१ बैशाख ६ बिहीबार

श्रीदेवीको शव मुम्बई ल्याइदै, प्रहरीले लियो पति बोनीको साढे तीन घण्टा बयान  

kharibot

मुम्बई । बलिवुडकी चर्चित अभिनेत्री श्रीदेवीको पार्थिक शरीर सोमबार साँझ मुम्बई ल्याइने भएको छ । 

अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेकोले उहाँको पार्थिक शरीरलाई सोमबार अपरान्हसम्म पनि मुम्बइ ल्याउन नसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

सोमबार साँझसम्म उहाँको पार्थिक शरीरलाई मुम्बइ ल्याइने र आज राति अबेर हुने भएकोले मंगलबार उनको अन्तिम संस्कार हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 
‘डेथ सर्टिफिकेट’ प्राप्त नभएकोले ढिला भएको र त्यो प्राप्त गरेपछि स्वदेश पठाइने दुबइमा रहेको भारतीय दूतावासका अधिकारीहरुले जानकारी दिएको बताइएको छ ।

दुवैस्थित खालीज टाइम्सका अनुसार दुवइ प्रहरीले श्रीदेवीका पति बोनी कपुरसँग करिब साढे तीन घण्टासम्म बयान लिएको छ । प्रहरीले हृदयाघातका कारण श्रीदेवीको निधन भएको पुष्टि भएपनि उनको शरीरमा विष रहेको या नरहेको भन्ने बारे जाँच गर्दा समय लागेको बताएको छ । खालीज टाइम्सका अनुसार प्रहरीले पति बोनी कपुरको अडियो र भिडियो बयान लिएको छ भने श्रीदेवीलाई अस्पतालसम्म पुर्याउने अन्य तीन जना, अस्पतालका डाक्टर र नर्सहरुसहित ५ कर्मचार को समेत बयान लिएको छ ।

प्रहरीले प्रक्रिया पुर्याएर आजै शव परिवारलाई दिने पनि खालीज टाइम्सले उल्लेख गरेको छ ।

चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको थियो । संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति हृदयाघातका कारण उनको मृत्यु भएको थियो । 

उनको निधनको समाचारले भारतीय सिने जगतका साथै उहाँलाई मनपराउने सर्वसाधारणलगायत विदेशीसमेत स्तब्ध भएका छन् ।  साथै यस निधनप्रति भारतका चलचित्रकर्मी र शुभचिन्तकहरुले शोक व्यक्त गरेका छन् । 

चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी श्रीदेवी ५४ वर्षको मात्र थिइन् । उनले मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, खुदा गवाह, सद्मा जुदाईजस्ता निकै चर्चित तथा व्यावसायिकरुपमा सफल चलचित्रमा अभिनय गरेकी थिइन् । 

उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो । उनि अभिनित डेढ सयभन्दा बढी चलचित्र रहेका छन् । चर्चित अभिनेत्री श्रीदेवी बालकलाकारको रूपमा चार वर्षको उमेरदेखि नै एक तमिल चलचित्रबाट कला जगतमा प्रवेश गरेकी थिईन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै