• २०८१ बैशाख ८ शनिबार

यज्ञशलाई दुई लाख दुई हजार राशिको पुरस्कार

kharibot

काठमाडौँ ।  पहिचान पुरस्कार कोष, बेलायतद्वारा प्रदान गरिने पहिचान पुरस्कार भूमिहीन किसानले भूमिप्राप्तिका लागि गरेको संघर्षमा आधारित कृति ‘भूइयाँ’का लेखक यज्ञशलाई प्रदान गरियो । पुरस्कारको राशि दुई लाख दुई हजार दुई रुपैयाँ रहेको छ । 

कान्तिपुर दैनिकका पत्रकार यज्ञशलाई प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले यहाँ आज आयोजित एक कार्यक्रमकाबीच सो पुरस्कार प्रदान गरे  ।सो समारोहमा पूर्वकुलपति काइँलाले यज्ञशले आफ्नो कृति भूइयाँमा पहिचानविहीनको आवाज मुखरित गरेको बताए । 

कार्यक्रमका अर्का वक्ता खगेन्द्र संग्रौलाले कृतिका लेखकले समाजका सिमान्तकृत वर्गको संघर्षमा आधारित भएर उनीहरुको जीवन संघर्षलाई कृतिमा जीवन्तरुपमा उतारेको बताए ।साहित्यकार तथा पहिलोपटक सो पहिचान पुरस्कार प्राप्त गरेका राजन मुकारुङले पहिचानका पक्षमा सशक्त आवाज उठाउनुपर्ने आवश्यकता रहेको बताए । 

कार्यक्रममा पुरस्कार कोषका संस्थापक अध्यक्ष नरेश काङमाङ राईले पहिचानका पक्षमा आवाज उठाउने लेखकलाई प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए । 

कोषका सचिव प्रकाश राईले संस्थाको गतिविधिमा प्रकाश पारेका थिए भने अभिनेता अनुप वरालले पनि पुस्तकबारे मन्तव्य व्यक्त गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै