काठमाडौँ । फ्रेन्च लिग वानमा पिएसजीले मार्सेलीमाथि ३-० जित निकालेको छ ।
गएराती भएको खेलमा पीएसजीले ३-० को जित निकालेको हो । पीएसजीको जितमा किलीयन एम्बाप्पे, कभानी र एक गोल मार्सेलीका रोनाल्डोले आत्मघाती गरेका थिए ।
जितसँगै पिएसजी लिग वानमा १४ अंकको अग्रता लिन सफल भएको छ । पिएसजीको २७ खेलमा ७१ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको मोनाकोको २७ खेलमा ५७ अंक रहेको छ ।
यस खेलमा पिएसजीका स्टार खेलाडी नेइमार घाइते भएका छन् । उनि एन्कल इन्जुरी भएपछि स्टेचरमा मैदानबात बाहिरिएका थिए । खेलको ८०औ मिनेटमा मैदान छोडेका नेइमारको इन्जुरीले पिएसजीको चिन्ता बढाएको छ ।
आगामी मार्च ६ मा च्याम्पियन्स लिग अन्तर्गत दोस्रो लिगमा रियल म्याड्रिडसँग घरेलु मैदानमा खेल्न लागेको पिएसजी नेइमारको इन्जुरीले दबाबमा परेको छ ।