धार्मिक पर्यटक बढाउन ‘श्री पशुपतिनाथ महोत्सव’

खरीबोट
ad

काठमाडौँ ।   पशुपतिनाथ मन्दिरमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको संख्या बढाउने उद्देश्यले यही फागुन ३० गतेदेखि चैत ६ गतेसम्म पाशुपत क्षेत्रमा ‘श्री पशुपतिनाथ महोत्सव’ हुने भएको छ । 

पशुपतिनाथ महोत्सव मूल समारोह समितिले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त महोत्सवमा सनातन वैदिक संस्कृति तथा परम्पराको संरक्षणका लागि धार्मिक अनुष्ठान गरिने जानकारी गरायो । 

श्रीमद्भागवत महापुराण, शिवमहापुराण, संगीतमय महाआरती, शिव पार्वतीको ताण्डवसहितको मूर्ति दर्शन, जन्मदेखि मृत्युसम्मको १६ कर्मको प्रस्तुति, धिमे बाजा प्रतियोगिता, भक्ति संगीत प्रतियोगिता, लोकदोहरी, एक लाख एक शालिग्राम पूजन तथा प्रदर्शन, ट्रेड प्रदर्शनी र धार्मिक पुस्तक प्रदर्शनी गरिने आयोजकले जनाएको छ । 

नेपाली काँग्रेस (बिपी) का अध्यक्ष हरिबोल भट्टराईले हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा रहेको पाशुपत क्षेत्रलाई अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धन गर्न महोत्सवले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । 

महोत्सवका संयोजक केदारमान भण्डारीले हिन्दू धर्मका आधारमा समाजमा हुने गरेको विभेद र छुवाछूतको अन्त्य गरी नयाँ संस्कृतिको निर्माण गर्न महोत्सव अवसर हुने बताए । विश्व हिन्दू महासंघ, विश्व हिन्दू युवा संघ र पशुपतिनाथ ग्वल पूचः समाजले उक्त महोत्सवको व्यवस्थापनमा सहयोग पुर्याउने बताइएको छ । 

सम्बन्धित समाचार

पशुपतिनाथ मन्दिरमा सुनको जलहरि राख्न तयारी शुरु

काठमाडौँँ । विश्व सम्पदा सूचीमा सूचीकृत संसारभर रहेका वैदिक सनातनी हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्ग मुनिको जलहरि सुनको बनाइने भएको छ ।  पशुपति क्षेत्र विकास कोष कार्य सम्पादन समितिले सुनको

धार्मिक पर्यटक बढाउन ‘श्री पशुपतिनाथ महोत्सव’

काठमाडौँ ।   पशुपतिनाथ मन्दिरमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको संख्या बढाउने उद्देश्यले यही फागुन ३० गतेदेखि चैत ६ गतेसम्म पाशुपत क्षेत्रमा ‘श्री पशुपतिनाथ महोत्सव’ हुने भएको छ ।  पशुपतिनाथ महोत्सव मूल समारोह समितिले

आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र

काठमाडौँ ।  “आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त”– शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौँको हाँडीगाउँका रामचन्द्र अर्यालले भन्नुभयो ।  ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उहाँले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो प्रतिक्रिया दिनुभयो ।

पशुपतिनाथ मन्दिर वरपर सवारी प्रवेशमा रोक

काठमाडौँ ।  तपाईं सवारीसाधन लिएर पशुपतिनाथको दर्शन गर्न जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब वनकाली चौरमा पार्किङ गरेर दर्शनका लागि जानुहोला नत्र कारबाहीमा पर्नुहुन्छ ।  आजदेखि विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, पुरातात्विक