• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि एपीएपले जित्यो  

kharibot

धनगढी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । 

आज धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाईनल खेलमा पुर्वाञ्चलमाथि ७ विकेटको जित निकाल्दै एपिएफ राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको च्याम्पीयन भएको हो । 

चिर प्रतिद्धन्दी विभागीय टोली एपीएफ र पुर्वाञ्चल विच भएको फाईनलमा जित दर्ता गर्दै एपीएफले ५ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो । उप विजेता बनेको पुर्वाञ्चलले भने २ लाख नगद सहित ट्रफी र मेडरमा चित्त बुझाएको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको पुर्वाञ्चलले २० ओभरमा ५ विकेट गुमाउदै ६० रन मात्रै बनाउन सक्यो । पुर्वाञ्चलका लागी काजोल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउन बाहेक अन्यले दोहोरो अंक पनि छुन सकेनन् । एपीएफका लागी रेखा रावल, करुणा भण्डारी, रितु कनौजीया, अञ्जली चन्द र सिता रानामगरले समान १÷१ विकेट लिईन् । 

६१ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको एपीएफले १६ दशमलव ३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेटाएको हो । एपीएफका लागी ज्योती पाण्डेयले २२ र सरिता मगरले अविजीत रहदै १५ रन बनाईन् । पुर्वाञ्चलकी शान्ती चौधरी र संगिता राईले समान १÷१ विकेट लिए । प्लेयर अफ द फाईनल एपीएफकी ज्योती पाण्डेय भईन् ।

यस्तै प्रतियोगीताको वुमन अफ द सिरिज हुदै पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्रीले १० हजार नगद सहित ट्रफी प्राप्त गरेकी छिन् । उत्कृष्ट बलर पनि क्षेत्री नै भएकी छिन् भने उत्कृष्ट व्याट्सम्यान पनि प्रतियोगीता भरी १ सय ६ रन बनाउदै पुर्वाञ्चलकै काजोल श्रेष्ठ भईन् । उदयमान खेलाडी सुदुरपश्चिमकी लक्ष्मी साउद भईन् भने फेयर प्लेटको पुरुष्कार पनि सुदुरपश्चिमको टिमले जितेको छ । उनीहरु सवैलाई नगद ५ हजार दिईएको छ । 

प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रदेश नम्वर ७ का सामाजीक विकास मन्त्री दिर्घ सोडारी कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंहले सिल्ड तथा प्रमाण पत्र वितरण गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै