होलीमा इच्छाविपरीत रङ खेल्ने र लोला हान्नेलाई कारबाही हुने

खरीबोट
ad

काठमाडौँ ।  महानगरीय प्रहरी परिसर, काठमाडौँले फागु पर्व(होली)मा अरुको इच्छाविपरीत रङ खेल्ने र लोला हान्नेलाई तत्काल कारबाही हुने जनाएको छ । 

परिसरले आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले यही फागुन १७ गतेको फागुलाई लक्षित गर्दै विशेष सुरक्षा योजना तयार गरिएको बताए । 

कोही कसैले बलजफ्ती गरे तत्काल प्रहरीलाई खबर गर्न उनले आग्रह गरे । त्यस्ता व्यक्तिलाई मुद्दा चलाइने उनको भनाइ थियो । होलीमा ट्राफिक नियम उल्लंघन गर्ने तथा सामाजिक आचरणविपरीतका क्रियाकलाप तथा झै–झगडा रोक्न प्रहरीको विभिन्न स्थानमा टोली परिचालन गरिने उनले बताए । 

दुई सय जनाको सूचना दाता समूह 

परिसरले राजधानीको सुरक्षा व्यवस्था सुदृढ गर्न सर्वसाधारणको सहभागितामा २०० जनाको सूचनादाता समूह गठन गरेको छ । 

परिसरको प्रमुख भएपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपरीक्षक पोखरेलले अपराधमुक्त राजधानी बनाउने उद्देश्यले गठन गरिएको सो समूहले प्रहरीको गतिविधिदेखि स्थानीय तहमा हुने आपराधिक गतिविधिबारे गोप्यरुपमा प्रहरीलाई सूचना दिने बताए । ती युवाको परिचय गोप्य राखिने र उनीहरुले दिएको सूचनाका आधारमा काम कारबाही अघि बढाइने उनको भनाइ छ । 

परिसरका प्रमुख पोखरेलले भने, “राजधानीको विभिन्न स्थानमा बसोबास गर्ने विभिन्न क्षेत्रमा कार्यरत करिब २०० युवाको समूहले स्वयंसेवकका रुपमा अपराध नियन्त्रका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्, उनीहरुसँग सम्झौता प्रक्रिया अगाडि बढेको छ ।” उक्त समूहमा चिकित्सक, इञ्जिनियर र विद्यार्थीदेखि सर्वसाधारणसम्म रहेका छन् । आफूले विभिन्न स्थानमा स्थानीयवासीसँग अन्तक्र्रिया कार्यक्रम गर्ने तथा फरार अपराधीको खोजी तीव्र पार्ने कार्य प्राथमिकतामा राखेको उनले भने । 

अहिलेसम्म राजधानीमा ३७२ जना अभियुक्त फरार सूचीमा रहेको जानकारी दिँदै उनीहरुको खोजी तीव्र पारिने वरिष्ठ उपरीक्षक पोखरेलले बताए । आव २०७१÷७२ मा चार हजार ७७३, आव २०७२÷७३ मा चार हजार ९०२, आव २०७३÷७४ चार हजार ५८२ र चालु आव २०७४÷७५ को हालसम्म तीन हजार ३४२ मुद्दा परिसरमा दर्ता भएको छ । 

सम्बन्धित समाचार

अमेरिकामा रहेका नेपालीले होली मनाए

टेक्सास । अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा बस्ने नेपालीले भव्य रुपमा होली पर्व मनाएका छन् ।  नेपाली हेरिटेज युनियन एनएचयुले आयोजना गरेको होली पर्वमा अमेरिकामा बस्दै आएका थुप्रै नेपालीको उपस्थिति रहेको

होलीमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा

चितवन । प्रहरीले फागु पर्वमा अमर्यादित क्रियाकलाप गर्ने सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्व २०७४ सुरक्षा योजनाअन्तर्गत ३९ जनालाई पक्राउ गरी तीमध्ये सात

अछाममा होलीको बेग्लै स्वाद

अछाम । होरी पर्व अछामीहरुले परापूर्वकालदेखि नै मनाउँदै आएका छन् । होलीलाई यहाँको भाषामा ‘होरी’ भन्ने गरिन्छ । दशैँ तिहारमासमेत घर नफर्किने यहाँका स्थानीयवासी यतिबेला घर फर्किएर होरी खेलमा सहभागी

होली मनाउदा खुकुरी प्रहार गरी हत्या

धनगढी  ।  कैलालीको टीकापुरमा होली कार्यक्रममा सहभागी भएका एक व्यक्तिलाई खुकुरी प्रहार गरी गएराति हत्या गरिएकोे छ ।  सांस्कृतिक समाज टीकापुरको आयोजनामा स्थानीय खुलामञ्चमा होली कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा राति ११ः४५बजेको समयमा