• २०८१ बैशाख ७ शुक्रबार

मुक्तिनाथ विकास बैंक न्यूरोड काठमाण्डौमा

kharibot

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौंको न्युरोडमा शाखा बिस्तार गरेको छ ।

बैंकले काठमाण्डौ आईतबार काठमाडौ महानगरपालिका वडा नं.२२ न्यूरोड, देव प्लाजामा रहेको शाखाको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक बहादुर रावलले समुद्घाटन गरेका छन् । 

उक्त समुद्घाटन कार्यक्रमको सभापतित्व बैंकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले स्वागत मन्तव्य सहित बैंकको अवस्था र भावी योजनाको बारेमा मन्तव्य राखेका थिए  । आफ्नो मन्तव्यको क्रममा उनले मुक्तिनाथ विकास बैंकलाई वर्तमान अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई आभार व्यक्त गरेका थिए ।

सोही अवसरमा उनले यस विकास बैंकले अवलम्बन गरेको आदर्श र समावेशी वित्तीय सेवा हाल देशको आवश्यकता भएको र आगामी दिनमा उत्पादनमूलक क्षेत्रमा थप लगानी विस्तार गरी अग्रणी बैंकको रुपमा स्थापित हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि डा. तिलक बहादुर रावलले बैंकिङ्ग क्षेत्रमा आफूले कार्य गर्दा सिकेका अनुभवहरुलाई आजको वित्तीय क्षेत्रको विकाससंग तुलना गर्दै देश विकासमा बैंकिङ्ग र वित्तीय क्षेत्रको योगदानको चर्चा गरेका थिए । वित्तीय बजारमा देखिने उतार चढावलाई व्यवस्थापन गर्दै संस्थामा पारदर्शिता र जवाफदेहीतालाई अन्यन्तै महत्वका साथ लागु गर्नु पर्नेमा जोड दिएका थिए । मुक्तिनाथ विकास बैंकले अवलम्बन गरेको वित्तीय सेवाको मोडल राम्रो भएकोले अझै अगाडि बढ्न शुभकामना दिएका थिए । 

बैंकको उक्त शाखा संचालनसंगै काठमाण्डौ उपत्यकाभित्र ९ वटा शाखा तथा उपत्यका बाहिर ६५ वटा शाखा सहित कुल ७४ वटा कार्यालयबाट वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ । बैंकले २०७४ माघ मसान्तसम्म कुल निक्षेप रु. २१ अर्व ९२ करोड पुगेको छ भने कुलकर्जा लगानी रु. २० अर्व १ करोड पुगेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै