• २०८१ बैशाख १४ शुक्रबार

१ सय ९७ थान लागूऔषधसहित प्रकाउ 

kharibot

डाईजेपाम-६८ थान,फेनारगन – ६५ थान,नुफिन-६४ थान

काठमाडौं । महानगरीय प्रहरी अपराध अनुसन्धान विभाग टेकुले सुन्धाराबाट ठूलो परिमाणमा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । १ सय ९७ थान लागूऔषधसहित प्रेम बहादुर राईलार्ई आइतबार प्रकाउ गरेको प्रहरीले जनाएको छ ।  

खोजी तलासीको क्रममा सुनसरीको रामधुनी नगरपालिका ६ का ३७ वर्षीय राईलाई प्रहरीले सुन्धाराबाट नियन्त्रणमा लिएको हो । लागुऔषधको वितरण भइरहेको भन्ने विशेष सुचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले वितरणको लागि हिडिरहेको अवस्थामा अवैध लागुऔषध डाइजापाम ६८ थान, नुफिन ६४ थान  र फेनारगन ६५ थान गरी जम्मा १९७ थान सहित प्रकाउ गरिएको प्रहरीले जनाएको छ । 

लागुऔषथसहित प्रकाउ उतm प्रतिवादीलाई  लागु औषध नियन्त्रण ऐन २०३३  अनुसार कानुनी कारबाहीको लागि आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै