• २०८१ बैशाख ५ बुधबार

चीनमा सि जिनपिंगको कार्यकाल लम्बिरहने बाटो खुल्यो, राष्ट्रपति सि झन् शक्तिशाली बने 

kharibot

बेइजिंग । कम्युनिष्ट पार्टी अफ चाइनाले राष्ट्रपति सि जिनपिंगको कार्यकाल लम्ब्याउन मार्गप्रशस्त गरेको छ । पार्टीको केन्द्रीय कमिटीले संविधान संशोधन गर्दै राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल बढाउन मार्गप्रशस्त गरेको हो । 

सिन्ह्वाका अनुसार चीनको संविधानमा रहेको राष्ट्रपति र उपराष्ट्रपतिले दुई कार्यकालभन्दा धेरै सेवा गर्न नपाउने भन्ने अंश संविधानबाट हटाउन प्रस्ताव गरेको हो । उक्त प्रस्ताव आइतबार मात्रै सार्वजनिक गरिएको हो । यो प्रस्तावसँगै माओत्सेतुंग पछिका सबैभन्दा शक्तिशाली राष्ट्रपति बनेका सि जिनपिंगले तेस्रो कार्यकाल समेत चीनमा शासन गर्ने बाटो खुल्ला भएको छ ।

यसअघि गत कात्तिक ८ गते राष्ट्रपति सीले राजधानी बेइजिंगमा रहेको ग्रेट हल अफ द पिपलमा हरेक पाँच वर्षमा हुने कम्युनिष्ट पार्टीको बृहत् सम्मेलनमा सात सदस्यीय कमिटीमा आफूसहित लि किक्वांग, लि झान्सु, वांग यांग, वांग हनिंग, झाओ लेजी र हान झेंगलाई चुनेका थिए । सो क्रममा आगामी पाँच वर्ष आफ्नै नेतृत्वमा रहने गरी राष्ट्रपति सीले सात शक्तिशाली नेता चुने पनि आफूपछि को हुने भन्ने घोषणा भने गरेका थिएनन् । 

सोही सम्मेलनमा दशकौँको कडा मिहिनेतपछि चिनियाँ विशेषतायुक्त समाजवाद नयाँ युगमा प्रवेश गरेको घोषणा गर्दै सीले उक्त नयाँ नीतिलाई चिनियाँ पार्टीको संविधानमा समावेश गराउन सफल भएका थिए ।

यसलाई सि जिनपिंग थटको रुपमा समावेश गरिएको थियो। सो सि–थटलाई पार्टीले चिनियाँ संविधानमा समावेश गर्न समेत प्रस्ताव गरेको सिन्ह्वाले जनाएको छ । 

  • सिन्ह्वाबाट अनुदित । 

यो पनि पढ्नुहोस् : 

चुनिए चीनका सात शक्तिशाली नेता तर चुनिएनन् सि जिनपिंगका उत्तराधिकारी

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै