• २०८१ बैशाख ७ शुक्रबार

सोमबार सार्वजनिक हुँदै सामसुङका दुई नयाँ स्मार्टफोन, यी हुन् मुख्य विशेषता 

kharibot

काठमाडौं । सामसुङले सोमबारदेखि सुरु हुने विश्व मोबाइल सम्मेलनमा यो वर्षको आफ्नो फ्ल्यागशिप लन्च गर्दै छ । कम्पनीले ग्यालेक्सी एस९ र ग्यालेक्सी एस९प्लस स्मार्टफोन सार्वजनिक गर्ने भएको हो । यो स्मार्टफोन आगामी मार्चदेखि बजारमा आउनेछ । 

प्रविधि क्षेत्रकै ठूलो परियोजना इभेन्टमा भविष्यमा आउने प्रविधिको जानकारी तथा नयाँ स्मार्टफोन पनि लन्च गर्ने गरिन्छ । सामसुङले आफ्नो दुई नयाँ स्मार्टफोनमा ड्युल अपर्चर सिष्टम दिनेछ । यद्यपि यसको बारेमा जानकारी सार्वजनिक भएको छैन ।

लन्च हुनुभन्दा पहिला नै सामसुङ ग्यालेक्सी एस९प्लस को सूचना लिक भएको थियो । त्यसमा दुवै क्यामरा १२ मेगापिक्सलको हुनेछ । जब कि सामसुङ ग्यालेक्सी एस९ स्मार्टफोनमा सिंगल १२ मेगापिक्सल क्यामरा हुनेछ । 

लिक भएको जानकारीअनुसार सामसुङ ग्यालेक्सी एस९मा ५.८ इन्चको इन्फिनिटी डिस्प्ले, तथा एस९प्लसमा ६.२ इन्चको इन्फिनिटी डिस्प्ले हुनेछ । एस९ सिरिज स्मार्टफोनमा सामसुङ आईफोन १० को एनिमोजी जस्तै फिचर दिनसक्ने मानिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै