ट्रम्पको निर्वाचन अभियानका व्यवस्थापक मानाफोर्टमाथि घुष लिएको आरोप

खरीबोट
ad

वासिङ्टन ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको राष्ट्रपतिको निर्वाचन अभियानका पूर्व व्यवस्थापक पल मानाफोर्टविरूद्ध उक्त चुनावमा भएको भनिएको रसियाली हस्तक्षेपसम्बन्धी अनुसन्धानका विशेष जाँचकर्ता रोबर्ट मलरले नयाँ अभियोग दर्ता गराएका छन् ।   

वासिङ्टन संघीय अदालतमा दायर गरिएको उक्त अभियोगमा मानाफोर्टले गोप्य रूपमा हाप्सवर्ग समूहका केही राजनीतिज्ञ अर्थात् कुनै समय रसियासमर्थक युक्रेनी सरकारको पक्षमा वकालत गर्ने वरिष्ठ युरोपेली नेताहरूलाई घुस दिएको आरोप लगाइएको छ । 

मानाफोर्टले ती पूर्व राजनीतिज्ञलाई २५ लाख डलर दिएको पनि उक्त अभियोगपत्रमा जनाइएको छ । 

सन् २०१२–०१३ मा प्रभावमा रहेको उक्त समूहले एक पूर्व यूरोपियन चान्सलरसहित केही सदस्यले अमेरिकी विधायक तथा ह्वाइट हाउसका अधिकारीसँग समेत मिलेर राष्ट्रसङ्घमा वहस चलाएको दावी गरेको थियो । 

सम्बन्धित समाचार

ट्रम्प र पुटिनबीच जुलाईमा भेटवार्ता हुनसक्ने

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी जुलाईमा यूरोपमा भेटवार्ता हुनसक्ने बताइएको छ ।  अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को आगामी जुलाई ११

रसियाद्वारा ट्रम्प र किम वार्ताको स्वागत

मस्को । मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको प्रत्यक्ष भेटवार्ताको रुसी प्रशासन केन्द्र क्रेमलिनले स्वागत गरेको छ ।  ट्रम्प र किमबीच भएको अभूतपूर्व वार्ताको क्रेमलिनले स्वागत गरेको

ट्रम्प किम सम्मेलन आणविक निशस्त्रीकरणका लागि ‘कोशेढुङ्गा’ : राष्ट्रसंघ प्रमुख

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको शिखर सम्मेलनको स्वागत गरेका छन् । उनले सम्मेलन कोरियाली प्रायद्वीपलाई

ट्रम्प र किमको ऐतिहासिक भेट, विश्वको अपेक्षा शान्ति र एकता 

काठमाडौँ । जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले