• २०८१ बैशाख ४ मंगलबार

ला लिगामा मेसीले बनाए दुई नयाँ रेकर्ड 

kharibot

काठमाण्डौ ।  लियोनेल मेसीले गएराती भएको गिरोनाविरुद्धको खेलमा दुइ नयाँ रेकर्ड बनाएका छन् । 

६-१ गोल अन्तरले जितेको खेलमा मेसीले ला लिगामा सर्वाधिक असिस्ट र ला लिग मा सर्वाधिक टिमविरुद्ध गोल गर्ने नयाँ रेकर्ड बनाएका हुन् ।

गिरोनाले सरप्राइज गर्दै खेलको तेस्रो मिनेटमा लिएको अग्रताको दोस्रो मिनेटपछि नै मेसीको असिस्टमा लुइस स्वरेजले गोल गर्दै खेल बराबरी गरेका थिए । मेसीले १४८ गोल असिस्ट गर्दै स्पेनमा अल टाइम रेकर्ड बनाएका छन् । 

त्यस्तै मेसीले खेलको ३०औ र ३६औ मिनेटमा गोल गर्दै ला लिगामा ३६औ टिमविरुद्ध गोल गरेका छन् । ला लिगामा ३६ टिमविरुद्ध गोल गर्ने मेसि पहिलो खेलाडी बनेका छन् । ला लिग मा राहुल गोन्जालेज र अरीत्ज एडुरिजले ३५ टिमविरुद्ध गोल गरेका थिए ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै