• २०८१ बैशाख ७ शुक्रबार

काठमाण्डौ महानगरपालिकाकी उपमेयर जापान भ्रमणमा 

kharibot

काठमाण्डौ । जापान सरकारको निमन्त्रणामा काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खडगी श्रेष्ठ जापानको एक साता भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेकी छन् ।

उपमेयर खड्गीसँगै काठमाण्डौ महानगरपालिकाका प्रमुखको सचिवालयका प्रमुख तथा निर्देशक नमराज ढकाल पनि त्यस तर्फ प्रस्थान गरेका छन् ।

जापान सरकारको वातावरण मन्त्रालयको निमन्त्रणामा जापानको वेस्ट म्यानेजमेन्ट सम्बन्धी अध्ययनको लागि उनीहरु त्यसतर्फ गएका हुन् । उनीहरुले सो अध्ययन सम्बन्धमा जापानको टोकियो शहर र कावासाकी शहरको पनि भ्रमण गर्ने कार्यक्रम रहेका महानगरका सचिवालय प्रमुख  नमराज ढकालले बताए ।

उपमेयर खड्गी एक साता पछि आगामी शनिवार काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै