• २०८१ बैशाख ६ बिहीबार

टि-२० क्रिकेट श्रृङखलामाथि भारतको कब्जा

kharibot

काठमाडौँ ।  दक्षिण अफ्रिकासँगको टि-२० क्रिकेट श्रृङखलामाथि भारतले कब्जा गरेको छ ।

तेस्रो तथा अन्तिम टि-२० खेलमा ७ रनले जित हासिल गर्दै भारतले श्रृङ्खला २–१ ले जितेको हो । १७३  रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६५ रनमात्र बनाएको थियो ।

दक्षिण अफ्रीकाको लागि जेपी डुमिनीले ५५ तथा क्रिष्चियन जोन्करले ४९ रन बनाएका थिए । भारतका भुवनेश्वर कुमारले दुई तथा सुरेश रैना, हार्दिक पाण्ड्या, सार्दुल ठाकुर र जसप्रित बुमराहले एक एक विकेट लिएका थिए ।

यसअघि भारतले पहिलो ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । नियमित कप्तान विराट कोहली बिना खेलेको भारतका लागि शिखर धवनले ४७ र सुरेश रैनाले ४३ रन बनाएका थिए । 

दक्षिण अफ्रिकाका जुनियर डालाले ३ तथा क्रिस मोरिसले २ विकेट लिएका थिए । टि-२० श्रृङ्खला सकिएसँगै भारतको दक्षिण अफ्रीका भ्रमण पनि सकिएको छ । भारतले ३ टेष्टको श्रृङ्खला २–१ ले हारेको थियो भने ६ एकदिवसीय खेलको श्रृङ्खला भारतले ५–१ ले आफ्नो पक्षमा पारेको थियो । 

खेलको म्यान अफ द म्याच सुरेश रैना बनेका थिए भने भारतीय बलर भुवनेश्वर कुमार प्लेयर अफ द सिरिज बनेका थिए ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै