चर्चित बलिवुड अभिनेत्री श्रीदेवीको निधन

खरीबोट
ad

मुम्बई । बलिवुडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ ।

वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । 

हृदयघात हुँदा श्रीदेवीसँग उनका पति बोनी कपुर र उनकी छोरी खुशीसँगै रहेको बताइएको छ ।

५४ बर्षिय अभिनेत्री श्रीदेवीको निधन पछि बलिवुडमा शोक छाएको छ । बलिवुडका कैयौ कलाकारले श्रीदेवीको अचानक निधन प्रति शोक व्यक्त गरेका छन् । अभिनेत्री प्रियंका चोपडाले कालो दिन भन्दै आफूसँग यतीबेल कुनै शब्द नाबह्येको बताएकी छन् । त्यस्तै अभिनेत्री सुस्मिता सेनले आफुले यो खबर विस्वास गर्न नसकेको भन्दै आफु रोइरहेको बताएकी छन् । 

सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षको उमेर देखि नै तमिल चलचित्र उद्योगमा अभिनय सुरु गरेकी थिइन् ।

३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी श्रीदेवीका नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज, चादनी जस्ता दर्जनौ सुपर हिट चलचित्र रहेका छन् ।  पछिल्लो समय पनि अभिनयमा व्यस्त रहेकी श्रीदेवीको पछिल्लो फिल्म मम प्रदर्शनमा आएको थियो । 

भारतकी पहिलो 'महिला सुपरस्टार' का रुपमा आफ्नो छबि बनाएकी श्रीदेवी उनी बाल कलाकारको रुपमा सन् १९७५ मा ‘जुले’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन् । 
 

सम्बन्धित समाचार

श्रीदेवीको जीवनीमा फिल्म बन्ने

मुम्बई । हालै दिवंगत अभिनेत्री श्रीदेवीको जीवनीमा आधारित फिल्म बन्ने भएको छ । उनका श्रीमान बोनी कपुरले श्रीदेवीको यादसँग जोडिएका प्रसंगलाई पर्दामा उतार्न थालेका हुन् ।  यो फिल्म डकुमेन्ट्री फिल्म हुने छ

भारतीय नेशनल अवार्डको घोषणा, श्रीदेवीले जितिन् ‘मम’ का लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड 

मुम्बई । भारतीय सिनेमाको नेशनल अवार्डको घोषणा गरिएको छ ।  अघिल्लो महिना निधन भएकी अभिनेत्री श्रीदेवीलाई उनले अभिनय गरेको फिल्म ‘मम’ का लागि उत्कृष्ट अभिनेत्रीको नेशनल अवार्ड दिइएको छ । त्यस्तै रिद्धि

श्रीदेवीको जीवन पिडा र निराशाजनक रहेको उनका अंकलको खुलासा 

मुम्बई । बलिवुडकी अभिनेत्री श्रीदेवीको निधन भएको १५ दिन वितेको छ । श्रीदेवीको निधन पछि पनि उनको निधनका विषयमा अनेकौ अड्कलबाजी भइनै रहेका छन् । यसै विच श्रीदेवीको निजी जीवनका

आमा श्रीदेवीको निधनपछि शुटिंगमा फर्कीइन् जान्ह्वी 

मुम्बई । बलिवुडमा डेभ्यु गर्न लागेकी जान्ह्वी कपुरले आफ्नी आमा श्रीदेवीको निधनको दुइ हप्ता पनि नहुदै फिल्मको शुटिंगमा फर्किएकी छन् । आफ्नी आमा श्रीदेवीसँग अत्यन्त नजिक रहेको जान्ह्वीले आमाको निधन पछि