• २०८१ बैशाख ६ बिहीबार

वेस्टह्यामलाई हराउदै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लियो 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले वेस्टह्याम युनाइटेडलाइ ४-१ गोल अन्तरले पराजित गरेको छ । गएराती भएको खेलमा लिभरपुलले उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेको हो । 

जितपछि लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले १८ खेलमा ५७ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ भने शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको २७ खेलमा ७२ अंक रहेको छ । त्यस्तै २७ खेलमा ५६ अंकसहित म्यान्चेस्टर युनाइटेड लिगको तेस्रो स्थानमा रहेको छ ।

लिभरपुलको जितमा इम्रे क्यान, मोहमद सलाह, रोबोर्टो फिर्मिनो र साडियो मानेले गोल गरेका थिए । वेस्टह्यामका लागि सान्त्वना गोल मिचाली एन्टोनियोले गरेका थिए । हार पछि वेस्टह्याम २८ खेलमा ३० अंक सहित लिगको १३औ स्थानमा रहेको छ । 

गएराती नै भएका अन्य खेलमा ब्राइटनले स्वान्सी सिटीलाइ ४-१ ले र हडर्सफिल्डले वेस्टब्रोम्विचलाइ २-१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै न्युक्यासल र बोर्नमाउथबिचको खेल २-२ गोल अनि बर्नली र साउथहम्प्टनबिचको खेल १-१ गोलको बराबरीमा सकिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै