काँग्रेसले संघीय संसदीय दलको विधान टुङ्ग्यायो

खरीबोट
ad

काठमाडौँ ।  नेपाली काँग्रेसले संघीय संसदीय दलमा पेश भएको विधानलाई परिमार्जनसहित पारित गरेको छ । 

काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले नेता डा मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानको संशोधन प्रस्तावलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउन सिफारिस गर्ने निर्णय गरेको हो । 

परिमार्जित विधानलाई भोलि आइतबारदेखि शुरु हुने केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि दलको नेता चयन प्रक्रिया शुरु हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले तीनवटै तह स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सफलताका साथ सम्पन्न गरेकामा सभापति देउवालाई धन्यवाद ज्ञापन गरेको छ । 

त्यस्तै, काँग्रेसले तत्कालीन देउवा सरकारले राष्ट्रियसभाका लागि तीन सदस्य मनोनीत गरेकामा राष्ट्रपतिले बदर गर्नु असंवैधानिक कदम भएको आरोप लगाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । 

काँग्रेसले संविधानको ढाँचाअनुसार संसदीय दलको पुरानो विधानलाई संशोधन गरी नयाँ विधान बनाएको हो । अहिले राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैलाई मिलाएर संघीय संसद् बनेको हुनाले त्यसअनुरुपको नयाँ विधान बनेपछि मात्रै संसदीय दलको निर्वाचन गर्नुपर्ने हुन्छ । 

काँग्रेसले संसदीय दलका नेता चयनका लागि भरसक सर्वसम्मत् प्रयास गर्ने र त्यो नभए निर्वाचनमा जाने बताएको छ । 

सांसदहरुले पार्टीलाई सशक्त रुपमा अघि बढाउन सहमतिका आधारमा संसदीय दलको नेताको चयन हुनुपर्ने र सहमति हुन नसकेको खण्डमा पनि अत्यन्तै स्वस्थ्य प्रतिस्पर्धाबाट नेताको चयन होस् भन्ने परामर्श दिएको नेता खाँणले बताए । 

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको संसदीय दलको बैठकमा बोल्ने वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदारसहित अधिकांश नेताले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई अगाडि बढाउने क्रममा दुवै सदनमा काँग्रेसले सशक्त भूमिका निर्वाह गर्ने दृढता व्यक्त गरेको नेता बालकृष्ण खाँणले बताए । 

सम्बन्धित समाचार

पार्टीको विधान पालना गरे गुटउपगुटको अन्त्य: नेता प्रकाशमान सिंह

चितवन /  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले विधानमा उल्लेखित कुरा अक्षरशः पालना गरे पार्टीभित्रको गुट उपगुट अन्त्य हुने बताएका छन ।  प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको प्रदेश नं ३को प्रदेशस्तरीय भेलालाई सोमबार  सम्बोधन

काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्नेमा नेत्री कोइरालाको जोड

काठमाडौँ / नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताएकी छिन्  ।  रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले महासमिति बैठकमा आएका राय सुझावलाई

पार्टी व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

चितवन / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताएका छन  । पत्रकारहरुसँगको कुराकानीमा उहाँले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै

संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको व्यवस्था तत्काल लागू गर्न काँग्रेसको माग 

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको व्यवस्था तत्काल लागू गर्न माग गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद मिनेन्द्र रिजालले नियमापत्ति गर्दै कार्यसञ्चालन नियमावलीको ५६ को व्यवस्थालाई कार्यान्वयन गर्न