एमाले–माओवादी कार्यदल बैठकः एकीकृत पार्टी संघीय संरचनाअनुसार

खरीबोट

फाइल तस्बिर

ad

काठमाडौँ ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संविधान प्रदत्त संघीय संरचनाअनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने भएका छन् । 

दुई दलको आज बसेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदलको पहिलो बैठकमा नेपालको संविधानअनुसार नै पार्टी संरचनालाई संघीय ढाँचामा अगाडि बढाउने गरी छलफल शुरु गरेको छ । दुई पार्टीको संगठनात्मक अनुभव आदानप्रदानबाट कार्यदलले औपचारिक रुपमा काम शुरु गरेको एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए । 

बैठकले यही फागुन २५ गतेभित्र कार्यदललाई तोकिएका काम सम्पन्न गर्न कार्यतालिका बनाएर अघि बढ्ने निर्णय गरेको छ । 

आजको बैठकमा एमाले र माओवादी केन्द्रका संगठनात्मक ढाँचा, अभ्यास तथा अनुभवका बारेमा एक अर्का पार्टीको जानकारी आदानप्रदान गर्ने काम भएको नेता विष्टले बताए । 

माओवादी केन्द्रका नेता रामबहादुर थापाको अध्यक्षतामा बसेको कार्यदलको बैठकले अन्तरिम विधान मस्यौदा तयार पार्दा निश्चित विधि र मापदण्ड अपनाउनेसमेत निर्णय गरेको छ । कार्यदलको अर्को बैठक फागुन १५ गते मंगलबार एमाले केन्द्रीय कार्यालय धुम्रबाराहीमा बस्नेछ । 

कार्यदलमा एमाले महासचिव ईश्वर पोखरेल, सचिव विष्ट, नेताहरु रघुवीर महासेठ, सुरेन्द्र पाण्डे, बेदूराम भुसाल सदस्य छन् भने माओवादीका तर्फबाट नेता थापा, वर्षमान पुन, मातृका यादव, गिरिराजमणि पोखरेल र जनार्दन शर्मा सदस्य रहेका छन् । 

एमाले र माओवादी केन्द्रले यही फागुन महिनाभित्रै एकता प्रक्रियालाई टुंगो लगाउने गरी आवश्यक तयारी गरेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी एकताको आधार पूर्णरुपमा तयार पार्न कार्यदललाई यसअघि नै निर्देशन दिइसकेका छन् । 

सम्बन्धित समाचार

प्रचण्डको महँगो छलाङ : १७ हजारको ज्यानको मुल्य कसरी चुकाउलान ?

काठमाडौँ । २०७५ जेठ ३ गते नेपाली राजनीतिको इतिहासमा सम्झनालायक दिन भएको छ । नेपालका दुई कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले) र माओवादी केन्द्रबीच ऐतिहासिक एकता भएकाले यो दिन इतिहासको पानामा

नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा

काठमाडौँ  । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ ।  यहाँ आज आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र

पार्टी एकीकरणमा व्यस्त एमाले-माओवादी केन्द्र, के के हुदै छ आज ?

काठमाडौं  । नेकपा एमाले र माओवादी केन्द्र आज बिहानै देखि पार्टी एकीकरण गर्न व्यस्त देखिएका छन् ।  आज बिहान तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको २५ औ

एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टीमा स्थायी समितिमा को को परे ?

काठमाडौं । एमाले र माओवादी केन्द्र मिलेर बन्ने नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा रहने सदस्य टुंगो लगाएका छन् ।  ४३ सदस्यीय स्थायी कमिटी बनाउने ओली र प्रचण्डको समहती पछि दुवै दलले