• २०८१ बैशाख १३ बिहीबार

तालिवानी समूहको आक्रमणमा २२ अफगानी सैनिकको मृत्यु

kharibot

फराह, अफगानिस्तान ।  तालिवानी समूहले अफगानिस्तानको पश्चिमी फराह राज्यमा रहेको सैनिक शिविरमा गरेको आक्रमणमा परी कम्तिमा २२ जना अफगानी सेनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । 

तालिवानी समूहको सयौँको सङ्ख्यामा आएका सशस्त्र लडाकूले कानेस्क क्षेत्रमा रहेको शिविरमाथि एक्कासी आक्रमण गरेपछि दुई पक्षबीच शुक्रबार रातभर भीडन्त भएको र रातभरको लडाइमा केही सैनिक अधिकारीको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता नसीर मेहरीले बताए । 

उक्त भडपमा विद्रोहतर्फ पनि क्षतिभएको तर मृतक विद्रोहीलाई उनीहरूले नै बोकेर लगेकोले एकीन सङ्ख्या थाहा हुन नसकेको उहाँले सिन्ह्वा न्यूज एजेन्सीलाई बताए । 

घटनास्थलमा थप आक्रमण हुनसक्ने सम्भावना नभएपनि सावधानीका लागि केही सुरक्षाकर्मीलाई त्यसतर्फ पठाइएको बताइएको छ । यसबारे तालिवान समूहको औपचारिक धारणा अहिलेसम्म पाउन सकिएको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै