प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न 

खरीबोट
ad

काठमाडौँ । नेपाली सेनाद्वारा आयोजित “प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७४” शनिबार प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा एक विशेष समारोहका बीच समापन भएको छ ।

फाल्गुन ०६ गतेदेखि लगनखेलमा संचालन भएको सो प्रतियोगिता  अन्तर्गत शनिबार अपरान्ह नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल भलिबल टीमबीच भएको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल भलिबल टिमलाई ३–१ को सेटमा पराजित गरी प्रथम भएको छ । 

यसअघि फाल्गुन ११ गते तेश्रो स्थानको लागि भएको खेलमा नेपाल प्रहरीको भलिबल टिमले सशस्त्र प्रहरी बलको भलिबल टिम माथि विजय हासिल गरी तेश्रो स्थान हासिल गर्न सफल भएको थियो । “प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७४” मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एक÷एक तथा तत्कालिन पाँच विकास क्षेत्रका पाँच भलिबल टिमगरी जम्मा आठ टिमको सहभागिता रहेको थियो ।

प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा आयोजित उक्त समापन समारोहमा प्रधानसेनापति क्षत्रीले प्रतियोगितामा सर्बप्रथम हुने नेपाली सेनाको त्रिभुवन आर्मी क्लब टिमलाई प्रमाण पत्र, मेडल, ट्रफी र तीन लाखको चेक प्रदान गरेका थिए । 

त्यसैगरि द्धितिय तथा तृतिय स्थान हासिल गर्न सफल क्रमशः पश्चिमाञ्चल भलिबल टिम र नेपाल प्रहरी भलिबल टिमले प्रमाण पत्र, मेडल तथा एकलाख पचास हजार र पचहत्तर हजारको चेक प्राप्त गरेको थियो । 

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक त्रिभुवन आर्मी क्लब भलिबल टिमका प्रशिक्षक कपिल किशोर श्रेष्ठ, उत्कृष्ट स्पाईकर त्रिभुवन आर्मी क्लबका मान बहादुर श्रेष्ठ, उत्कृष्ट ब्लकर त्रिभुवन आर्मी क्लबका भैरव बम, उत्कृष्ट डिफेन्डर पश्चिमाञ्चल भलिबल टिमका दिपक थापा, उत्कृष्ट लिफ्टर नेपाल प्रहरी टिमका इम बहादुर मगर र उत्कृष्ट सर्भर पश्चिमाञ्चलका अमृत के.सी.ले पुरस्कार स्वरुप जनही रु. १०÷१० हजार नगद प्राप्त गरेका थिए । 

प्रतियोगिता भरिकै सर्वोत्कृष्ट खेलाडी तर्फ त्रिभुवन आर्मी क्लबका ईश्वर केसीले १६० सिसिको पल्सर मोटरसाईकल प्राप्त गरेका थिए ।
 

सम्बन्धित समाचार

नेपाली सेनाद्वारा फास्ट ट्रयाकबारे प्रधानमन्त्री ओलीलाई जानकारी 

काठमाडौँ ।  नेपाली सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फास्ट ट्रयाकबारे जानकारी गराएको छ ।  फास्ट ट्रयाक राजमार्गको कार्य प्रगति बारे प्रधानमन्त्री ओलीले बुधबार जंगी खड्डा पुगेर जानकारी लिएको नेपाली सेना जनसम्पर्क

नेपाली सेना र अमेरिकी सेनाबीच दुई दिने ‘ल्यान्ड फोर्स टक’ सुरु

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाले पहिलोपल्ट दुई दिने ‘ल्यान्ड फोर्स टक’ छलफल सुरु गरेका छन् । १७ जना अमेरिकी सेनाको भ्रमणटोलीको नेतृत्व गर्दै नेपाल आएका अमेरिकी सेनाका मेजर जनरल

प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीद्वारा तनहुँस्थित जगदल गणको निरीक्षण

काठमाडौँ । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले पश्चिम पृतनाअन्तर्गत तनहुँ जिल्लामा तैनाथ श्री नं.३ जगदल गणको निरीक्षण भ्रमण गरेका छन् ।  निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त गणको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य

प्रधानसेनापति क्षत्री पाकिस्तान जाँदै

काठमाडौँ । पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्रीले पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमण गर्ने भएका छन्  ।  आगामी जेठ १ देखि ३ गतेसम्म हुने उक्त भ्रमणका लागि प्रधानसेनापति क्षत्री यही वैशाख ३१