• २०८१ बैशाख ८ शनिबार

प्रदेश ६ को नाम कर्णाली प्रदेश, राजधानी सुर्खेतको विरेन्द्रनगर 

kharibot

सुर्खेत ।  प्रदेश नम्बर ६ को नाम कर्णाली प्रदेश र स्थायी राजधानी सुर्खेतको विरेन्द्रनगर भएको छ । 

शनिबार बसेको प्रदेशसभाको बैठकले अध्याधिक मत सहित प्रदेशको नाम र स्थायी राजधानी तोकेको हो । संविधानले प्रदेशसभाको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई नै दिएको छ ।

प्रदेश नम्बर ६ प्रदेशको नाम र राजधानी तोक्ने पहिलो प्रदेश पनि बनेको छ ।

बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्न प्रस्ताव गरेका थिए भने विपक्षी  दल नेपाली कांग्रेसका का नेता जीवनबहादुर शाहीले राजधानी सुर्खेतको विरेन्द्रनगर बनाउने प्रस्ताव राखेका थिए । 

यस प्रदेशमा ४० जना सांसद रहेकोमा एमालेका चन्द्रबहादुर शाहीले राजीनामा दिएपछि अहिले ३९ जना सांसद रहेका छन । ३९ जनामध्ये ३७ जनाले प्रदेशको नाम कर्णाली प्रदेशमा मतदान गरेका थिए भने सुर्खेतको वीरेन्द्रनगर स्थायी राजधानीमा ३६ जनाले मतदान गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै