क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं

खरीबोट

फाइल तस्बिर

ad

जितपुर, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले भारबाहन क्षमताभन्दा दोब्बर लोड गरेको पाइएको छ । 

यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारबाहन क्षमता २१ टन कायम गरिएको छ तर यस नाकाबाट नेपाल भित्रिने अधिकांश भारतीय नम्बरका १२ चक्के मालवाहक ट्रकले ४० टनभन्दा बढी लोड गरेको अनुगमनका क्रममा पाइएको छ । 

यसरी अनुगमनका क्रममा शुक्रबार मात्र करिब ६० भारतीय मालवाहक ट्रक भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी नेपाल भित्रिएको पाइएको छ । यातायात व्यवस्था कार्यलय लुम्बिनी बुटवलको नेतृत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु र बाणगंगा यातायात व्यवसायी समितिको संयुक्त अनुगमन टोलीले नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले नेपाल सरकारले कायम गरेको भारवाहन क्षमताको दोब्बर लोडसहित नेपाल आउने गरेको पाइएको छ । 

यसरी भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी नेपाल भित्रिएको भारतीय मालवाहक ट्रकले राजश्वसमेत छल्ने गरेको पाइएको छ । अनुगमनका क्रममा पि ८१३ एडब्लु ८१६० नं को भारतीय मालबाहक ट्रकले भारतको बलरामपुरमा गाडी तौल गर्दा सामानसहित ४१ टन देखाइएको छ भने सोही गाडी नेपाली तौलपुलमा ४६ टन देखिएपछि पाँच टनको राजश्वसमेत छलेर ती गाडी नेपाल आउने पुष्टि भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । 

यातायात व्यवस्था कार्यालय लुम्बिनी बुटवलका कार्यालय प्रमुख गगन हमालले ओभरलोडसहित नेपाल भित्रिएका त्यस्ता भारतीय मालवाहक ट्रकलाई कारबाही गरिने बताए । 

विगतमा भारतीय मालवाहक ट्रकले ओभरलोडका साथ निर्वाध गुड्ने गरेको भन्दै व्यावसायीले पटकपटक अनुगमनका लागि माग गरिरहँदा पनि जनशक्तिलगायत पूर्वाधार कमीका कारण अनुगमन गर्न नसकिएको उल्लेख गर्दै उहाँले स्थानीय यातायात व्यवसायी सस्थासँगको सहकार्यमा आगामी दिनमा अनुगमनलाई निरन्तरता दिइने बताए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख अमरबहादुर कार्कीले भन्सार कार्यालयको लापर्बाहीका कारण भारतीय मालबाहक ट्रक ओभरलोडका साथ नेपाल भित्रिन गरेको बताउँदै भन्सार कार्यालयबाट नै भन्सार गर्ने क्रममा लोड मिलान गरेर पठाउनुपर्नेमा त्यसो नगरिदिदाँ ओभरलोडको समस्या देखिएको बताए । 

“ ओभरलोड भएका भारतीय मालवाहक सवारीलाई कारबाही गर्दै आएको छु, ३५ टन बोक्ने क्षमता भएका ट्रकले ७०÷८० टनसम्म ओभरलोडका साथ आउने गरेका पनि छन्,” उनले भने—“हामीले पटकपटक भन्सार कार्यालयलाई अनुरोध गर्दा पनि यसतर्फ खासै ध्यान दिएको पाईदैन् ।” 

अब नियमितरुपमा भारतीय गाडीलाई नेपाली तौलपुलमा हाली तौल गरेर मात्र पठाउने बाणगंगा यातायात व्यवसायी समितिका महासचिव लक्ष्मण भुसालले बताए । 

कृष्णनगर भन्सार कार्यालयका प्रमुख बिन्देस्वरप्रसाद लेखकले राजश्व छली नभएको तर केही गाडीमा ओभरलोडको समस्या हुन सक्ने बताए । 

सम्बन्धित समाचार

कपिलवस्तुमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक जनाको मुत्यु

कपिलवस्तु / भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट यशोधरा गाउँपालिकामा एक जनाको मुत्यु भएको छ ।  तौलिहवा मर्यादपुर सडक खण्डको बैदौलीमा आज बिहान युपी ५६ ७२४० नं को म्याजिक गाडीको ठक्करबाट स्थानीयवासी ५५

अख्तियारद्वारा कपिलवस्तुका सहायक वन अधिकृत तीन लाख घुससहित पक्राउ

कपिलवस्तु । कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख रकमसहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । महतोलाई अख्तियारले चन्द्रौटास्थित निजको डेराबाट तीन

कपिलवस्तुको हुलाकी सडक निर्माणमा सरकारले ध्यान देओस् – सांसद अत्तर कमल मुसलमान  

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अत्तहर कमल मुसलमानले कपिलबस्तुमा हुलाकी सडकको निर्माणमा सरकारले ध्यान नदिएको बताएका छन् ।    संसदको आजको बैठकको शुन्य समयमा भाग लिदै कपिलवस्तुको हुलाकी सडक मेरुदण्ड भएको तर

गर्मीका कारण एक साताका लागि कपिलवस्तुका विद्यालय बन्द

कपिलवस्तु । अत्यधिक गर्मीका कारण कपिलवस्तुका सामुदायिक तथा निजी विद्यालय आजदेखि एक साताका लागि बन्द भएका छन् ।  दिन प्रतिदिन बढ्दै गएको.गर्मीले विद्यार्थीहरु कक्षाकोठामै बेहोस हुन थालेपछि स्थानीय तहका विद्यालय शिक्षा शाखाले एक