• २०८१ बैशाख ४ मंगलबार

गिरोनाको बार्सिलोनालाई चुनौती, गार्डीयोवालाको रेकर्ड तोड्ने म्यानेजर इर्नेस्टोको तयारी !

kharibot

काठमाडौं । यस सिजनमा बार्सिलोना ला लिगा जित्ने दौडमा सबै भन्दा अगाडी छ । तर पछिल्ला खेलका प्रदर्शनले बार्सिलोनाको चिन्ता केहि बढाएको भने अवश्य छ । पछिल्ला ५ खेलमा बार्सिलोनाले केवल दुइ खेलमा मात्र जित निकालेर टिममा केहि चिन्ता भने बढेको छ ।

शनिबार राति ला लिगा अन्तर्गत बार्सिलोनाले गिरोनासँग प्रतिष्पर्धा गर्दै छ । यस खेललाई जितेर बार्सिलोनाले एथलेटिकोसँगको अंक दुरी बढाउने मात्र होइन २०१०-११ मा म्यानेजर पेप गार्डीयोवालाको लगातार ३१ खेलमा अपराजित रेकर्डलाई पनि तोड्ने दाउमा छ ।

चेल्सीसँग च्याम्पियन्स लिगमा बराबरीमा रोकिएपछि आलोचना खेपिरहेको बार्सिलोनाले गिरोनासँग जितेर आफ्नी विजयी लयमा फर्किन चाहेको बार्सिलोना म्यानेजर इर्नेस्टो भल्भेर्डोले बताएका छन् । इर्नेस्टोले चेल्सीविरुद्ध धेरै गोल गर्ने आफुहरुको योजना रहेपनि चेल्सी उत्कृष्ट टिम भएको र आफुहरु अझै क्वाटरफाइनलमा जाने बाटो नरोकिएको उनको दाबी छ । 

ला लिगामा अब १४ खेल बाँकी हुँदा तीन खेल आउदो साता भित्र खेल्न लागेको बार्सिलोनाले यी तीन खेल जितेर ला लिगा आफ्नो पोल्टामा पार्ने योजनामा रहेको म्यानेजर इर्नेस्टो बताउछन् । 

गिरोनामा ला लिगामा आठौ स्थानमा रहेको र बार्सिलोनालाई सरप्राइज दिएर युरोपा लिगमा छनौट हुने दाउमा छ । गिरोना युरोपा लिगमा छनौट हुन ४ अंकले पछाडी रहेको छ ।

२०१६-१७ सिजनबात ला लिगामा ठाउ बनाएको गिरोनाले यस सिजनमा राम्रो प्रदर्शन गरिरहेको छ । यस सिजनमा रियल म्याड्रिडलाई समेत पराजित गरेको गिरोना बार्सिलोनासँग भने पछिल्लो भेटमा ३-० ले पराजित भएको थियो । यस सिजनमा २४ खेलमा ३४ अंकसहित ला लिगाको आठौ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै