• २०८१ बैशाख ११ मंगलबार

हरेक बिहान कागती पानी खानुस् यस्ता छन फाइदा

kharibot

काठमाडौँ । हाम्रो हरेक दिनको शुरुवात राम्रो हुनु जरुरी छ । यसको लागि हामीले बिहान देखि नै आहारमा ध्यान दिनु आवश्यक हुन्छ । खाने पिउने विषयमा ध्यान दिन तपाईले विहानीको शुरुवात कागती पानीसँग गर्नु राम्रो हुन्छ । कागती पानी पिउनुका फाइदाहरुः

मुख गनाउनबाट छुटकरा :

तपाईको मुख गनाउने समस्या छ भने आफ्नो दात सफा गरेपछि सधै १ गिलास कागती पानी पिउने गर्नुहोस् छुटकरा पाउनुहुनेछ  । यस्तो समस्या तपाईलाई छ भने  कागती पानी एकदम उपयोगी हुनेछ । 

कब्जियत भएमा :

सधै विहान कागती पानी खाने गरेमा तपाईको पाचन प्रणालीमा सकारात्मक असर पर्दछ । तपाई कब्जियतको समस्याबाट ग्रसित हुनुहुन्छ भने यो विधि तपाईको लागि फाइदाजनक सावित हुन सक्छ । 

भोकमा नियन्त्रण :

हरेक दिन कागती पानी पउिनाले हर समय पेट भरिएको महशुस हुन्छ । यसले तपाईलाई भोक लाग्दा खाने अनावश्यक खाना खानबाट रोक्दछ । जसले अनावश्यक खानाबाट निम्तिने समस्याबाट बचाउन मदत गर्दछ । 

दिक्दारीपनबाट छुटकरा :

तपाईमा कुनै पनि कामको बोझले धेरै दिक्दारीपन आएको छ अथवा थकित हुनुभएको छ भने कागती पानी लाभदायिक हुन्छ । कागती पानीले तपाईको शरिरमा तुरुन्त उर्जा प्रदान गर्न सहयोग गर्दछ ।

पिएच लेवलमा स्थिरता :

तपाईको शरिरको पिएच लेवल सन्तुलन राख्नको लागि विहान विहान कागती पानी पिउनु फाइदाजनक हुन्छ । सुत्नु भन्दा पहिले कागती पानी पिउनाले पिएच लेवल सन्तुलित गर्न मदत गर्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै