• २०८१ बैशाख १४ शुक्रबार

मधेश केन्द्रित दललाई सरकारमा ल्याउन पहल जारी

kharibot

फाइल तस्बिर

काठमाडौँ । वाम गठबन्धनले मधेश केन्द्रित राजनीतिक दललाई सरकारमा ल्याउन पहल जारी राखेको छ । 

सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले को स्थायी कमिटीले सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपा सँग थप परामर्श गरी मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेपछि दुई पक्षबीच अनौपचारिक छलफल भएको छ । 

एमाले नतृत्वले बुधबार समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको थियो उक्त छलफल निकै सकारात्मक बनेपछि मधेश केन्द्रित दलले उठाएका सवाललाई कसरी सम्बोधन गर्ने भन्नेबारे नेताहरुबीच छलफल जारी छ । 

आफ्नो मुख्य मुद्दा संविधान संशोधनको सुनिश्चितता भए सरकारमा जाने संकेत दिएको समाजवादी फोरमलाई सहभागिता गराउन सरकारले पनि लचकता अपनाई छलफल लम्ब्याएको छ । 

राजपालाई पनि सरकारमा सहभागी गराउने पहलस्वरुप अनौपचारिक छलफल भइरहेको स्वयं नेताहरु बताउँछन् । वाम गठबन्धनले आवश्यकता र औचित्यका आधारमा मात्र संविधान संशोधन गर्ने जनाउँदै आएकाले वार्ता निर्णायक हुन नसकेको बुझिएको छ । 

एमाले सचिव प्रदीप ज्ञवालीले मधेश केन्द्रित दललाई सरकारमा सहभागिता गराउनेबारे छलफल चलिरहेको तर कुनै निष्कर्षमा नपुगेको बताए । दुवै पक्षका नेताहरुबीच आज पनि सामान्य कुराकानी भएको बताइएको छ । 

समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले वर्तमान सरकारमा जानेबारे सकारात्मक ढंगले छलफल भएपनि निष्कर्षमा नपुगिएको बताए । 

यसअघि बिहीबार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले रासससँग कुरा गर्दै मधेशका मुद्दालाई सम्बोधन हुनेगरी संविधान संशोधनको सुनिश्चितता भए सरकारमा सहभागी हुनसक्ने जनाउ दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै