• २०८१ बैशाख ८ शनिबार

युरोपा लिगको अन्तिम १६ को ड्र सार्वजनिक, कुन क्लब कोसँग खेल्ने भए ?

kharibot

काठमाडौँ । युरोपा लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ ।  गएराती युरोपा लिगको अन्तिम १६ टिमको टुंगो लागेपछि १६ टिमबीचको ड्र सार्वजनिक भएको छ । 

सार्वजनिक गरिएको ड्र अनुसार इटालीको क्लब एसी मिलान इङलिष प्रिमियर लिग क्लब आर्सनलसँग परेको छ । त्यस्तै जर्मनको कल्ब डोर्टमण्ड भने अस्ट्रियाको क्लब स्लजबर्गसँग खेल्ने भएको छ ।  त्यसैगरी स्पेनको क्लब एथलेटिको म्याड्रिड भने रसियाको क्लब लोकोमोटिम मस्कोसँग परेको छ । 

शुक्रबार सार्वजनिक ड्र मा इटालीको क्लब लाजियो युक्रेनको क्लब डाइनामो किभसँग खेल्ने छ भने रसियन क्लब जेनिट जर्मनी क्लब लेइपलिंगसँग खेल्ने छ ।  त्यस्तै फ्रान्सको क्लब लियोन भने रसियाको क्लब सीएसके मस्कोसँग खेल्ने भएको छ ।  फ्रन्सकै अर्को क्लब मर्सेली भने स्पेनिस क्लब एथलेटिक विल्बाओसँग खेल्ने छ ।  त्यस्तै पोर्चुगलको स्पोर्टिंग क्लब भने चेक क्लब प्लजेनसँग खेल्ने भएको छ । 

युरोपा लिग अन्तर्गत अन्तिम १६ का यी खेल होम र अवेका आधारमा खेलाइने युईएफएले जनाएको छ । अन्तिम १६ को पहिलो लिग आगामी मार्च ८ मा हुने छ भने दोस्रो लिग मार्च १५ मा हुने छ ।  

प्रतियोगिताको फाइनल खेल मे १६ मा फ्रान्सको लियोनमा हुने छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै