• २०८१ बैशाख ७ शुक्रबार

रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा माओवादी सरकारमा

kharibot

फाइल तस्बिर

भक्तपुर । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले आइतबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । 

रफत् सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता गुरुङले पार्टीका वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा माओवादी सरकारमा जाने बताए । 

उनले भने, “सरकारमा मधेशवादी दलसमेत सहभागी हुनसक्ने वातावरण बन्दै गएको छ, जनअपेक्षा र समयको मागअनुसार संविधान संशोधनसमेत गरेर अगाडि बढ्न सकिन्छ ।” 

अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने दाबी गर्दै उनले राष्ट्र र राष्ट्रियताको विषयमा पक्ष÷प्रतिपक्ष नभएर वाम गठबन्धन र काँग्रेस एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । 

उनले विदेशीले सरकारका हरेक निर्णय र नीति आफ्नो पक्षमा पार्न प्रयत्न गर्दै आएपनि अबको सरकार यस विषयमा गम्भीर हुने उनको भनाइ थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै