भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियरलाई ट्याबलेट

खरीबोट

तस्बिर : रासस

ad

काठमाडौँ । भूकम्पपीडितलाई दिइँदै आएको राहत हस्तान्तरण प्रक्रियालाई सहज तुल्याउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कार्यस्थलमा खटिएका प्राविधिकलाई रु ८५ लाखभन्दा बढीको ट्याबलेट कम्प्युटर उपलब्ध गराएको छ । 

प्राधिकरणका सचिव मधुसुदन अधिकारीले आज केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक तपेन्द्रबहादुर खड्कालाई २८४ थान कम्प्युटर हस्तान्तरण गरे । 

आयोजनाले भूकम्प प्रभावित १८ जिल्लाका १५१ इन्जिनियरलाई ती कम्प्युटर उपलब्ध गराउने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिए । उनका अनुसार त्यसबाट जिल्लामा खटिएका इन्जिनियरले राहतको दोस्रो किस्ता उपलब्ध गराउने सिफारिशका लागि तस्बिरसहित तथ्यांक केन्द्रमा पठाउन सहयोग पुग्नेछ । 

सो अवसरमा कार्यकारी अधिकृत भुसालले हालसम्म ९८ घर निर्माण सम्पन्न भइसकेको र तीन लाख १४ हजार घर बनिरहेको जानकारी दिँदै चालु आवमा साढे चार लाख घर बनाइसक्ने लक्ष्य रहेको बताए । 

काठमाडौँ उपत्यकाकामा पुनःनिर्माणमा व्यावहारिक एवं कानुनी जटिलता भएको बताउँदै उनले उपत्यका बाहिर भने पुनःनिर्माणले गति लिएको जिकिर गरे । 

भूकम्पपछिको आवश्यकता आंकलन प्रतिवेदन पिडिएनका अनुसार २०७२ वैशाख १२ गतेको भूकम्पले आठ हजार ७९० जनाले ज्यान गुमाए भने २२ हजार ३०० घाइते भएका थिए । यस्तै चार लाख ९८ हजार ८५२ निजी घर, दुई हजार ६५६ सरकारी भवन र विद्यालयका १९ हजारभन्दा बढी कक्षा कोठा पूर्णरुपमा क्षति भएका थिए ।

सम्बन्धित समाचार

भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियरलाई ट्याबलेट

काठमाडौँ । भूकम्पपीडितलाई दिइँदै आएको राहत हस्तान्तरण प्रक्रियालाई सहज तुल्याउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कार्यस्थलमा खटिएका प्राविधिकलाई रु ८५ लाखभन्दा बढीको ट्याबलेट कम्प्युटर उपलब्ध गराएको छ ।  प्राधिकरणका सचिव मधुसुदन अधिकारीले आज

मेक्सिकोको भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु

स्यान्टियागो जामिल्टेपेक, मेक्सीको ।  मेक्सिकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ ।  मेक्सिकोमा गएको शक्तिशाली भूकम्पको केन्द्रविन्दुतर्फ गइरहेका बेला दुर्घटना भएको अधिकारीहरुले शनिबार

भूकम्प प्रभावितका लागि थप रु ११ अर्बको अख्तियारी

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि भूकम्प प्रभावित जिल्लामा अनुदान वितरण गर्न थप रु ११ अर्बको अख्तियारी दिएको छ ।  प्राधिकरणले आज संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको

भूकम्प प्रभावित चार जिल्लाका ५५ स्थानमा टेलिकमको इन्टरनेट सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले यही कात्तिक १४ गते सम्ममा भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रीजी प्रविधि मार्फत उक्त सेवा सञ्चालनमा ल्याएको