• २०८१ बैशाख ७ शुक्रबार

के सम्भव छ समयसँगै यात्रा गर्न ? ‘टाइम ट्राभल’बारे विज्ञान यसो भन्छ 

kharibot

तस्बिर : गेट्टी इमेज (हफिंगटन पोष्टबाट)

हजारौँ वर्षपछि जुन मानिसहरुले पुस्तौँ पुस्तापछि भोग्नेछन्, र हजारौं वर्षअघि जुन हाम्रा पुस्ताहरुले बिताए, ती दिनहरु जसबारे हामीले नदेखेको विगत र नदेखिने अब आउने दिनबारे सबै थाहा पाउनेहरुलाई समय यात्रुहरु भनिन्छ । यसलाई अंग्रेजीमा टाइम ट्राभलर पनि भनिन्छ ।

यसबारे विभिन्न समाचारहरु आइरहन्छन् त्यसो त मानवीय जीवनमा अनौठा, अपत्यारिलादेखि विश्वसनीय कुराहरु नै कतिपय एकदमै रोचक कहानीहरु हुन्छन् । निकै चाखलाग्दा त्यस्ता कहानीबारे मनन गर्दै गए यो संसार अनि हाम्रो जीवन, विगत, वर्तमान र भविष्य साराबारे हाम्रो जिज्ञासु स्वभाव जान्न चाहन्छ । टाइम ट्राभलर पनि यस्तै चाख लाग्ने विषय हो ।

अहिलेको समयलाई आधार मानेर आउनेवाला पाँच हजार वर्षसम्म पुगेर आफूले पृथ्वीको कुनै भागको पाँच हजार वर्षपछिको तस्बिर खिचेर भविष्यबाट फर्किएको दाबी गर्ने एडवार्डको भनाइलाई मान्ने हो भने खराब समाचार छ । उक्त दाबीलाई मान्ने हो भने पाँच हजार वर्षपछि अमेरिकाको लस एन्जेल्स पानीमुनि रहेको हुनेछ ।

तर के टाइम ट्राभल गर्न वास्तविकरुपमै सम्भव छ त ? 

भर्खरै केही दिनअघि आएका समाचारहरुका अनुसार यो सम्भव छ । एक जना टाइम ट्राभलर एडवार्ड नाम गरेका व्यक्तिलाई विश्वास गर्ने हो भने अमेरिकाको लस एन्जेल्स सहर अबको ३००० वर्षपछि पानीमुनि हुनेछ । 

त्यस्तै अर्का एक जना आफूलाई ‘नोह’ नाम बताउने व्यक्तिले सन् २०३० सम्मको समय यात्रा गरेर फर्किएको बताएका छन् । उनले त झूटो पत्ता लगाउने ‘लाइ डिटेक्टर टेष्ट’ समेत गरेर आफ्नो दाबीलाई ‘आधिकारिक’ बनाइसकेका छन् । 

तर सन् १९०५ मा प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले आफ्नो विशेष सापेक्षतावादको सिद्धान्त ‘थिअरी अफ स्पेसिअल रिलेटिभिटी’ प्रतिपादन गरेदेखि नै विज्ञानले समय पार गर्नेबारे केही निश्चित विचारहरु पत्ता लगाइसकेको छ । आइन्स्टाइनले समय सापेक्ष हुने बताएका थिए । यो भनेको व्यक्ति जहाँ जसरी समयलाई अवलोकन गरिरहेको हुन्छ, समयको प्रभाव व्यक्तिमा त्यसैगरी पर्छ । त्यसकारण ‘टाइम ट्राभल’ असम्भव छैन अर्थात् सम्भव छ ।

तर एउटा युगबाट अर्को युगमा पुग्दा वस्तुहरु निकै जटिल हुन्छन् । आफ्नो प्रवाहको क्यापासिटोरलाई उच्च भोल्टेजमा चार्ज गरेर प्रतिघण्टा ८८ किमिको गति लगाए पनि भविष्यमा यसरी पुग्न सम्भव हुँदैन । 

किन सम्भव छ टाइन ट्राभल ? 

तर विशेष सापेक्षतावादको सिद्धान्तअनुसार अन्तरिक्षबाट जति छिटो तपाईं अगाडि बढ्नुहुन्छ, स्थिर वस्तुको सापेक्षताको दृष्टिले उति नै ढिलो गतिमा तपाईंमाथि समयको प्रभाव पर्छ ।  

यो पनि पढ्नुहोस् – पाँच हजार वर्षपछिको समयमा पुगेर फर्किए यी ‘टाइम–ट्राभलर’ ! प्रमाणका लागि तस्बिर देखाए !

यदि उदाहरणको लागि तपाईंले कुनै अन्तरिक्षयानमा बसेर एक सेकेन्डबराबर एक लाख ८६ हजार माइलको यात्रा गर्नु भयो भने त्यहाँ तपाईंको दुई वर्षको समय पृथ्वीमा बस्नेहरुको लागि भने धेरै वर्षको हुनसक्छ । यसलाई ट्विन प्याराडक्स भनिन्छ, जुन अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले सफल परीक्षण यसअघि नै गरिसकेको छ । यस्तो तथाकथित समयको विस्तारको मतलब भविष्यको टाइम ट्राभल सम्भव छ तर यसको लागि असाधारण शक्तिको आवश्यकता पर्छ । 

किन असम्भव छ टाइम ट्राभल ?

भविष्यको यात्रा गर्न सम्भव हुनसक्छ यदि धेरै बाँच्न सक्ने गरी आयुप्रणाली विकास भयो भने तर फेरि वर्तमान अवस्थामा रहेर विगतको यात्रा गर्ने भन्ने कुराचाहिँ असम्भव नै हो ।

विशेष सापेक्षतावादमा आइन्स्टाइन पनि सामान्य सापेक्षतावादसँगै आएका थिए, जसअनुसार समय र खाली ठाउँ (जुन विशाल छ, जहाँ सारा भौतिक वस्तुहरु अटाएका छन् र साराका सारा घटनाहरु अटाउँछन्)  भनेका वास्तवमा एकै कुरा हुन् र दुवै गुरुत्व शक्तिबाट प्रभावित हुन्छन् । 

सिद्धान्तमा कुनै पनि वर्महोल (विन्दु)बाट स्पेसको फरक फरक भागमा पुगेजस्तै समयको पनि फरक फरक समयमा पनि पुग्न सकिन्छ तर व्यवहारमा भने यो थर्मोडाइनामिक्सको नियमभन्दा विपरीत हुनजान्छ ।  

एनट्रोपी (थर्मोडाइनामिक्ससम्बन्धी)का अनुसार कुनै पनि निश्चित व्यवस्था क्रम हुँदै क्रमभंगता तर्फ जान्छ, जसले निश्चित समयको रेखालाई निषेध गर्छ । उदाहरणको लागि तपाईंले कुनै हिमपहिरोलाई उल्ट्याउन सक्नुहुन्न । अझै दिक्क लाग्ने कुरा त तपाईं इतिहासलाई छोड्न सक्नुहुन्न कुनै आख्यानको पात्रजसरी ।

तर यति हुँदाहुँदै पनि आगामी समयमा जन्मिने मानिसहरुले भने प्रकाशभन्दा छिटो यात्रा गर्न सक्ने देखिन्छ । जसले थर्मोडाइनामिक्सको नियम नै परिवर्तन गरिदिनेछ । तर उनीहरुले हाम्रो समयको यात्रा गर्लान् भन्नेचाहिँ असम्भव नै हुनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै