• २०८१ बैशाख ७ शुक्रबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्ती आतंक 

kharibot

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी आशिष टोलमा जंगली हात्तीको झुण्डले स्थानीय बासिन्दाका आठ घरमा क्षति पुर्याएको छ । 
गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको झुण्डले स्थानीय बासिन्दाका घर भत्काउनाका साथै घरभित्र भण्डारण गरेको अन्न खाएको छ । 

तीसवटा परिवारको झण्डै ३१ बिघा खेतमा पाक्नै लागेको गहुँबाली खाएर नोक्सानी पुर्याएको नगरपालिकाका वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । हात्तीको बथानले रु १५ लाखभन्दा बढीको गहुँबाली क्षति गरेको उनको भनाइ छ । । हात्ती नियन्त्रण गर्नका लागि वडा कार्यालयका तर्फबाट बत्ती जडानको काम शुरु गरिएको उनको भनाइ छ । 

स्थानीय बासिन्दा चुलुवा चौधरीका अनुसार एक साताअघि मात्रै हात्तीको झुण्डले निकुञ्ज क्षेत्रमा शिविर बनाएर बस्दै आएका २१ परिवारको झुपडी भत्काएको थियो । स्थानीय बासिन्दा राति बस्तीमा बस्न छाड्न थालेका छन् । शुक्लाफाँटा नगरपालिका–३ को हात्ती प्रभावित क्षेत्रमा प्रदेशसभाका सदस्य लालबहादुर खड्काले आज अनुगमन गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै