• २०८१ बैशाख ११ मंगलबार

घाँटी रेटी हत्या गर्ने दुई जना भारतीय नागरिक पक्राउ

kharibot

बारा । जिल्ला प्रहरी कार्यालय बाराले घाँटी रेटी हत्या गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले घाँटी रेटी हत्या गर्ने दुई जना भारतीय युवकलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुँन् ।

हत्यामा संलग्न भारतको बिहार स्थित जिल्ला पुर्वी चम्पारण पन्टोका  ग्राम पंचायत  वडा नं.१७ निवासी २५ बर्षिय सन्तोष गुप्ता , भारत बिहार जिल्ला पुर्वी चम्पारण सहदेवा ग्राम पंचायत घर भई हाल रक्सौल नगरपालिका वडा नं.१० स्थित काली मन्दिर रोड बस्ने २४ बर्षिय राहुल कुमारलाई सार्वजनिक गरिएको हो ।

उनीहरुले भारत विहार रक्सौल नगरपालिका वडा नं.१० काली मन्दिर रोड बस्ने प्रमोद कुमारको २२ बर्षिय छोरा मनिष कुमार नारायणको घाँटी रेटी हत्या गरी बाराको परवानीपुर स्थित गाउँपालिका वडा नं.५ बहुअरीमा रहेको गण्डक नहरमा फालेको प्रहरी उपरीक्षक बैदवारले जानकारी दिए । 

मनिसको शव घाँटी रेटी हत्या गरी फालिएको अवस्थामा फागुन ४ गते शुक्रवार विहान फेला परेको थियो । मृतकको शव तथा घटना सम्बन्धमा बुझ्दै जाँदा मृतकको शव भारत विहार रक्सौलका मनिष कुमार नारायणको रहेको भनि निजको घर परिवारले सनाखत गरेको थियो ।

उनलाई संतोष गुप्ता र राहुल पटेल समेतको योजना र संलग्नतामा घाँटी रेटी कर्तव्य गरी मारी फालेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुलाई नेपाल भारत र पर्सा जिल्लाको सिमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मृतक मनिषको विवाह फागुन ११ गते शुक्रवारका दिन अर्थात् आज भारतको घोडासाहनमा तय भएको  थियो । भने फागुन ३ गते विहिवार बिहान मृतक मनिषको घरमा गएर मृतकसँग उनीहरुले तीन घण्टा कुराकानी गरी बिरगंज जानका लागि दवाव दिएका थिए । 

विवाहको कार्ड बाड्न जाउँ भनी उनीहरुले मृतकलाई ललाई फकाई बिरगंज ल्याएर चण्डाल चोकमा अत्याधिक मात्रामा मादक पदार्थ सेवन गराई फागुन ३ गते राती ९ बजेको समयमा गण्डक नहरमा धारिलो हतियारले घाँटी रेटी हत्या गरेका थिए । 

घटनामा प्रयोग भएको ना.२.ह.११० नम्बरको ई.रिक्सा समेत प्रहरीले बरामद गरेको छ । मृतक र पक्राउ परेकाको बिचमा व्यवसाय व्यापार तथा केटीको सम्बन्धमा  व्यक्तिगत रिसईवी रहेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अहिले उनीहरु माथी कर्तव्य ज्यान मुद्दामा बारा जिल्लाबाट म्याद थप गराई आवश्यक अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक राज कुमार बैदवारले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै