जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर

खरीबोट

फाइल तस्बिर

ad

नुवाकोट । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् । 

पञ्चकन्या गाउँपालिका–५ साविक भदु्रटार–३ का नौले भनिने सानुवीरे तामाङ जन्मनु भन्दा तीनवर्ष अघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भई कारागार चलान भएको छ । 

चिरञ्जीवी भन्ने व्यक्तिको जाहेरीले सरकारवादी भएको चोरी मुद्दामा विसं २०१८ साल चैत ६ गते जन्मनुभएका तामाङ विरुद्ध नुवाकोट जिल्ला अदालतको विसं २०१५ साल जेठ १८ को फैसलाले छ ६ महिना कैद र रु दुई हजार ४२३.५० जरिवाना सुनाएको भन्दै फैसला कार्यान्वयनको क्रममा उनलाई बुधबार जेल चलान गरिएको छ । 

अदालतको फैसलाले दोषी ठहर भएका व्यक्ति खोजी गर्ने क्रममा तामाङलाई बुधबार प्रहरीले भदु्रटारस्थित घरबाट पक्राउ गरी सोही दिन अदालतमा उपस्थित गराएको थियो । उनीसँग जरिवानाबापतको रकम असुल गरी कैद भुक्तानीका लागि नुवाकोट कारागार चलान गरेको अदालतका श्रेष्तेदार महिमानसिंह विष्टले जानकारी दिए । 

‘दोषी ठहर भएका व्यक्ति यहीँ हो भनेर प्रहरीले उपस्थित गरायो’ विष्टले भने ‘उहाँले पनि गल्ती स्वीकार गरेकाले कारागार पठाएका हौं ।’ जन्मनु भन्दा तीन वर्ष अघिको मुद्दामा दोषी ठहरिएर जेल गएका सानुवीरेका छोरा प्रेमबहादुर तामाङले निर्दोष बुबालाई जेल पठाएको भन्दै प्रहरी र अदालतमा पुगे पनि न्यायिक प्रक्रियबाट अघि बढ्न सुझाव दिएका छन् । 

‘राउतवेशी गाविस–८ मा जन्मिएका बुबाले विसं २०४४ मा गाउँखर्क गाविस–३ बाट नागरिकता बनाउनुभएको छ ।’ प्रेमबहादुरले भने ‘२०४६ देखि भदु्रटार आएर बसेका हौं । यता नयाँ मान्छे देखेर ‘नौले’ भन्ने गरेका थिए, अहिले नाम मिल्यो भनेर प्रहरीले जेल पठायो ।’ 

निर्दोष व्यक्ति जेलमा जानु परेको भन्दै परिवारले रिहा गर्न आग्रह गरेपनि प्रहरी र अदालतले बन्दीप्रत्यक्षीकरण रिटमार्फत उच्च अदालतमा जान सुझाव दिएका छन् । कमजोर आर्थिक अवस्था र शिक्षाको ज्ञान नभएको तामाङ परिवार अहिले अन्यौलमा परेका छन् । 

न्यायिक निकायबाट दोषी ठहर भएका तथा अभियुक्त रहेर फरार भएकालाई पक्राउ गर्न नुवाकोट प्रहरीले माघ २८ देखि ‘विशेष अभियान’ चलाइरहेको छ । जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले फरार दोषी तथा अभियुक्तले समातिएपछि बच्न विभिन्न हर्कत अपनाउने गरेको बताए ।

सम्बन्धित समाचार

नुवाकोटको स्वास्थ्य चौकीका सेवा प्रभावकारी देखिएन

नुवाकोट / यहाँका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास केन्द्रले गरेको विभिन्न ३५ वटा स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन अनुसार

प्रदेश ३ को राजधानीका लागि समितिद्वारा नुवाकोटमा सम्भाव्यता अध्ययन

नुवाकोट ।  प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाव्यता अध्ययन गर्न गठित समितिले आज यहाँको साधन तथा स्रोतको अवस्था एवं विकास निर्माण र प्रशासनिक वस्तुस्थितिको जानकारी लिएको छ ।  प्रदेशको राजधानी सम्भाव्यता

नुवाकोटमा काम नगर्ने ठेकेदारलाई कारवाहीको सिफारिस

नुवाकोट / विकास निर्माण तथा भौतिक संरचनाअन्तर्गत ३१ योजनाको काम तोकिएको समयमा पूरा नगर्ने ठेकेदार (व्यवसायी) लाई कारवाहीका लागि यहाँको प्रशासनले गृहमन्त्रालयमा सिफारिस गरेको छ ।  गृहमन्त्री रामबहादुर थापाको निर्देशन र

नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसले जित्यो

नुवाकोट । नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।  बट्टारस्थित खेल मैदानमा आज भएको फाइनल प्रतिस्पर्धामा थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै पहिलो नुवाकोट गोल्डकपको उपाधि विभागीय टोली नेपाल