• २०८१ बैशाख १४ शुक्रबार

प्रतिनिधि सभाको सभामुखमा महराको चर्चा 

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता कृष्णबहादुर महरा प्रतिनिधि सभाको सभामुख बन्ने सम्भावना बढेको छ । 

एमालेसँगको भागबन्डामा सभामुख पद माओवादी केन्द्रलाई परेपछि माओवादीले प्रतिनिधि सभाको सभामुखमा महरालाई दिने तयारी गरेको बताएको छ ।

यसअघि सभामुख बनेकी ओनसरी घर्तीलाई नै दोहोराउने चर्चाका बीच सभामुखमा महराको नाम अगाडी आएको हो ।

महरा मन्त्री नबन्ने भएपछि उनले गृहमन्त्रालयमा रोल्पाकै वर्षमान पुनलाई प्रस्ताव गरेर आफ्नो लागि सभामुख सुरक्षित गरेको माओवादी केन्द्र भित्र चर्चा चलेको छ । 

महराले यसअघिका सरकारमा माओवादीको नेतृत्व गरेर उपप्रधान तथा अर्थ, गृह, परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै