• २०८१ बैशाख ४ मंगलबार

सेयर कारोबार यो साता १० प्रतिशतले बढ्यो

kharibot

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १८ हजार छ सय चार वटा कारोबारबाट एक अर्ब ७० करोड ७० लाख ६८ हजार रुपैयाँ बराबरका ४२ लाख ४८ हजार सात सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा १० दशमलव ७५ प्रतिशत बढी हो । गत साता एक सय ७९ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६ हजार तीन ३८ कारोबारबाट एक अर्ब ५४ करोड १४ लाख २५ हजार रुपैयाँ बराबरका ३७ लाख ९२ हजार चार सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६ दशमलव ९२ अंकले घटेर अन्तिम दिन १३ सय ८६ दशमलव ९८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा पाँच दशमलव ९१ अंकले  घटेर दुुई सय ९३ दशमलव २५ अंकमा आईपुगेको छ 

यो साता कारोबार रकम ११ करोड २० लाख ६० हजार रुपैयाँको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । कारोबार भएको सेयर संख्या तीन लाख ६४ हजार कित्ताको आधारमा पनि सेन्चुरी कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या ११ सय २१ वटाको आधारमा पनि सेन्चुरी कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । 

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सुचीकरण तर्पm भने यो साता सानिमा ईक्विटी फण्डको सेयर सुचीकृत भएको छ ।

सातामा सर्वाधिक रकमको कारोबार भएका पाँच कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी संस्थापक, ओम डेभलपमेन्ट बैंक, सेन्चुरी कमर्सियल बैंक, राष्ट्रिय बीमा कम्पनी लिमिटेड संस्थापक र सानिमा बैंक रहेका छन् । त्यस्तै यो साता सूचीकरणतर्फ सानिमा इक्विटी फण्डको साधारण सेयर १३ करोड इकाइ परेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै