गिद्ध, रेडपाण्डा र चिरकालिजको संरक्षणमा जोड

खरीबोट

फाइल तस्बिर

ad

जाजरकोट । गिद्ध र रेडपाण्डाको संरक्षणमा गम्भीर हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । 

जाजरकोटका सबै स्थानीय तहले गिद्ध र रेडपाण्डा संरक्षणका लागि बजेट विनियोजन नगर्दा संरक्षणका लागि काम गर्न समस्या भएको पक्षी संरक्षणमा लागेका गोविन्द सिंहले बताए । 

जाजरकोटको बारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा सबैभन्दा बढी गिद्ध र रेडपाण्डा पाइन्छ । विश्वमै लोपोन्मुख प्रजातिका सुन गिद्ध, रेडपाण्डा र चिरकालिज जाजरकोटमै पाइन्छ । जाजरकोटमा पाइने यी लोपोन्मुख प्रजातिको संरक्षणमा स्थानीय सरकार गम्भीर बन्न नसकेकोमा सिंहले दुःख व्यक्त गरे । 

पर्याप्त जनचेतना नहुँदा चिरकालिज, रेडपाण्डा र गिद्धलाई जथाभावी मार्ने काम भइरहेको छ । चिरकालिजको चोरी, सिकारी, गिद्धलाई विष हालेर र रेडपाण्डाको महत्व नबुझी मार्ने गरिएको छ । 

यसको संरक्षणका लागि जिल्लामा व्यापक जनचेतना अभियान सञ्चालन गर्नुपर्छ, संरक्षकर्मी सिंहले भने — ‘विश्वमै लोपोन्मुख प्रजातिका सुन गिद्ध, रेडपाण्डा र चिरकालिजको संरक्षणमा स्थानीय तह गम्भीर हुनुपर्छ ।’

सम्बन्धित समाचार

दुर्गम गाउँमा अफिम खेती मौलाउदै

जाजरकोट / नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती मौलाएको छ ।  कम लगानीमा मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखोबारीमा अफिम खेती गर्दैआएका छन् । पर्याप्त आम्दानीको आशमा स्थानीयवासीले पाखोबारीमा अन्य

नमूना मध्यवर्ती सामुदायिक वनमा गिद्ध छोडिदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका थप सात वटा गिद्ध जंगलमा छोड्नका लागि नवलपरासीको कावासोती नगरपालिकाअन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुरेण्टमा लगिएको छ । यसअघि

गिद्ध, रेडपाण्डा र चिरकालिजको संरक्षणमा जोड

जाजरकोट । गिद्ध र रेडपाण्डाको संरक्षणमा गम्भीर हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।  जाजरकोटका सबै स्थानीय तहले गिद्ध र रेडपाण्डा संरक्षणका लागि बजेट विनियोजन नगर्दा संरक्षणका लागि काम गर्न समस्या भएको

आहार र बासस्थान संकटमा परेपछि हराउन थाले गिद्ध

रामपुर, पाल्पा ।  आहार र बासस्थान व्यवस्थापन नहुँदा हिजोआज गिद्ध हराउन थालेका छन् । प्रकृतिको कुचिकारका रुपमा चिनिने गिद्धको आहार र बासस्थानमा सम्बन्धित निकायले ध्यान नदिँदा गिद्धको संख्या लोप हुन पुगेको हो ।  कालीगण्डकी