मिथिलाञ्चलमा आजैदेखि विधिवत् होली पर्व शुरु

खरीबोट

फाइल तस्बिर

ad

गौशाला । महाकुम्भको रुपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमामा भगवान रामचन्द्र र माता जानकीले होली खेलको संझनामा मिथिलाञ्चलमा आजदेखि होली पर्व शुरु भएको छ । 

प्रन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौं दिनको बासस्थान कञ्चनवनमा भगवान रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एक आपसमा रंग र अबिरले होली खेलाइनुका साथै परिक्रमा सहभागी हजारौं साधु, सन्त महात्मा र गृहस्थ परिवारका साथै परिक्रमा यात्री समेतले एक–आपसमा रंग अबिर साटासाट गर्दै होली पर्वको शुरुवात गरेका हुन् । 

भगवान, साधु सन्त र महात्माले होली पर्वको शुरुवात गरिसकेकाले आज बिहानैदेखि मिथिलाञ्चलको गाउँ÷गाउँ तथा घरघरमा पनि रंग अबिरको प्रयोग शुरु भएको छ ।

यसगरी होलीको आगमनका अवसरमा प्रत्येक वर्ष झै शुक्रबार बेलुकादेखि मिथिलाञ्चलको गाउँ÷गाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र व्यांगात्मक कविता तथा चुटकिलाको प्रस्तुती हुन्छ । 

परापूर्वकालमा भगवान रामचन्द्र र माता जानकी वनवास गएको दिनमा महोत्तरीको कञ्चनवनमा होली पर्व मनाउँदा सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानि पनि रातो भएको जनविश्वास छ । 

मिथिलाञ्चलका साधुसन्त महात्मा र गृहस्थ परिवार भगवानले वनवास गएको दिनलाई सम्झिदै १५ दिने परिक्रमा गर्दछन् र परिक्रममाकै क्रममा भगवानले होली पर्व खेलेको सम्झिदै सम्पूर्ण परिक्रमा यात्रीले पनि होली पर्व मानाउने गर्दछन् ।

धनुषाको हनुमानगढीमा गत बुधबार परिक्रमाका लागि भगवान रामचन्द्र र माता जानकीको डोला र परिक्रमायात्री जम्मा भई बिहीबारदेखि भारतको कलाणेश्वरबाट शुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ । 

महोत्तरीको कञ्चनवनमा सातौं दिनको बसाइ छोडेर आज बिहान होली मनाउँदै सम्पूर्ण परिक्रमायात्री आठौं दिनको बासका लागि धनुषाको पर्वता पुग्ने भएका छन् ।

सम्बन्धित समाचार

अमेरिकामा रहेका नेपालीले होली मनाए

टेक्सास । अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा बस्ने नेपालीले भव्य रुपमा होली पर्व मनाएका छन् ।  नेपाली हेरिटेज युनियन एनएचयुले आयोजना गरेको होली पर्वमा अमेरिकामा बस्दै आएका थुप्रै नेपालीको उपस्थिति रहेको

होलीमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा

चितवन । प्रहरीले फागु पर्वमा अमर्यादित क्रियाकलाप गर्ने सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्व २०७४ सुरक्षा योजनाअन्तर्गत ३९ जनालाई पक्राउ गरी तीमध्ये सात

अछाममा होलीको बेग्लै स्वाद

अछाम । होरी पर्व अछामीहरुले परापूर्वकालदेखि नै मनाउँदै आएका छन् । होलीलाई यहाँको भाषामा ‘होरी’ भन्ने गरिन्छ । दशैँ तिहारमासमेत घर नफर्किने यहाँका स्थानीयवासी यतिबेला घर फर्किएर होरी खेलमा सहभागी

होली मनाउदा खुकुरी प्रहार गरी हत्या

धनगढी  ।  कैलालीको टीकापुरमा होली कार्यक्रममा सहभागी भएका एक व्यक्तिलाई खुकुरी प्रहार गरी गएराति हत्या गरिएकोे छ ।  सांस्कृतिक समाज टीकापुरको आयोजनामा स्थानीय खुलामञ्चमा होली कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा राति ११ः४५बजेको समयमा