प्रहरी बनेर लुट्ने दुईजना पक्राउ

खरीबोट
ad

चितवन ।  आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई आज प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नं ११ बस्ने २० वर्षीय सुजन गुरुङ रहेका छन् । उनीहरुलाई भरतपुरको जागृतिचोकबाट पक्राउ गरिएको हो । 

उनीहरुले फागुन ४ गते राति भरतपुर महानगरपालिका वडा नं ११ निवासी नारायण धिताललाई विशाल चोकमा आफूहरु प्रहरी भएको बताउँदै जाँच गर्ने भन्दै नगद रु १० हजार र मोबाइल सेट लुटेको प्रहरीले जनाएको छ । धिताल काठमाडौँबाट घर फर्कने क्रममा उनीहरुले लुटेको प्रहरीले जनाएको छ । उनीहरुले नारायणगढमा रहेको पोखरा बसपार्कमा पनि होटलमा धम्काउने काम गरेको कार्यालयले जनाएको छ । 

यस्तै खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका भरतपुर–२७ का हेमबहादुर थापालाई प्रहरीले भरतपुर–१० बाट आज पक्राउ गरेको छ । उनले माघ १५ गते वीरेन्द्र क्याम्पस अगाडि र २४ गते दीपेन्द्र चोकमा शंकरदेव ज्ञवालीलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । 

सम्बन्धित समाचार

अख्तियारद्वारा कपिलवस्तुका सहायक वन अधिकृत तीन लाख घुससहित पक्राउ

कपिलवस्तु । कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख रकमसहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । महतोलाई अख्तियारले चन्द्रौटास्थित निजको डेराबाट तीन

विद्युत् चोरीको आरोपमा वडा अध्यक्षसहित २१ जना पक्राउ

राजविराज । सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई आज पक्राउ गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त

रकम ठगी गरेर फरार रहेका सहकारीका अध्यक्ष पक्राउ

धनकुटा । रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।  धनकुटा नगरपालिका–७ हुलाक टोलमा रहेको सहयात्री कृषि सहकारी लिमिटेड संस्थाले ऋण तथा

ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ

राजविराज । सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा राजविराज नगरपालिका–९, मलेठ निवासी रामदयाल साह, उनका २५ वर्षीय छोरा