• २०८१ बैशाख १२ बुधबार

मन्त्री छान्ने जिम्मेवारी प्रधानमन्त्री ओलीलाई, फोरम र राजपासँगको छलफल पछि सरकार विस्तार  

kharibot

फाइल तस्बिर

काठमाडौं । नेकपा एमालले आफ्नो पार्टीबाट सरकारमा पठाउने मन्त्री छान्ने जिम्मेवारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठकले मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष ओलीलाई प्रदान गरेको एमाले नेता योगेश भट्टराईले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी(राजपा)सँगको छलफल टुंगो लागेपछि मात्र सरकार विस्तार गर्ने सोच बनाएको बताइएको छ ।

माओवादी, संघीय समाजवादी फोरम र राजपासँग ओलीले छलफल गर्ने उनले बताए । माओवादी बाहेक पनि मधेशवादी दललाई समेत सामेल गराउने गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले फोरम र राजपासँग परामर्श गर्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने जिम्मा प्रधानमन्त्रीलाइ नै दिएको भट्टराईले जानकारी दिएका छन् ।

बैठकले दुई दलबीच भएको सहमतिका प्रारम्भिक आधारलाई अनुमोदन गरेको छ। 

पार्टी एकताको नजिक रहेकोले गाउँ तथा जिल्ला कमिटिमा हुन लागेका सम्मेलन तथा अधिवेशन अहिलेलाई स्थगित गर्ने बैठकले निर्णय गरेको छ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै