भारतमा एमबिबिएसमा भर्ना गर्ने भन्दै ठगी गर्ने पक्राउ

खरीबोट
ad

काठमाडौँ । भारतको बनारस हिन्दु युनिभर्सिटी अन्तर्गतको मेडिकल कलेजमा एमबिबिएसमा भर्ना गराईदिन्छु भन्दै शैक्षिक योग्यताको प्रमाणपत्र र लाखौ रकम लिएर ठगी गर्ने  रमेश प्रसाद चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा विन्दबासिनी घर भई ललितपुर धोविघाट बस्दै आएका २९ वर्षिय रमेश प्रसाद चौहानलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। आफू ठगीमा परेको भन्दै बर्दियाका २१ वर्षीय अंकित गुप्ताले प्रहरीमा उजुरी दिएपछि चौहानलाई प्रहरीले फागुन ९ गते नियन्त्रणमा लिएको हो।

बागबजारस्थित कुवेरप्रसाद गुप्ताले सञ्चालन गरेको जिपीसी एजुकेशन कन्सल्टेन्सीमा कार्यरत चौहानले पुतलीसडकस्थित भिब्रेन्ट इन्टिच्यूट, नेमलगायतमा एमबिबिएस तयारी कक्षा लिने विद्यार्थीलाई फसाउने गरेको प्रहरी अनुन्धानले देखाएको छ।

अंकित गुप्तालाई चौहानले फोन गरी ३५ देखि ४० लाख भारतीय रूपिया दिए सहजै एमबिबिएसमा भर्ना गराइदिने भन्दै रकम केही रकम लिएका थिए। असोज ३ गते भर्ना प्रकृया शुरू हुने भन्दै ८ लाख रकम लिएका थिए।

पीडितले काम छिटो गरिदिनु भनेपछि चौहानले भारतको बनारस हिन्दु विश्वविद्यालय अन्तर्गत एमबिबिएस पढ्न अंकित गुप्ता छानिएको नक्कली भर्ना लेटर दिँदै बाँकी ३० लाख रूपैयाँ मागेका थिए।

प्रहरीले उनको साथबाट एक थान मोबाइल सेट, भारतको विदेश मन्त्रालय लेखिएको कागजात, विभिन्न शैक्षिक संस्थाहरुको नक्कली पत्र, शैक्षिक संस्थाहरुको नक्कली छाप र नक्कली कागजातहरु तयार पार्न प्रयोग भएको ल्यापटप बरामद गरेको छ।
 

सम्बन्धित समाचार

अख्तियारद्वारा कपिलवस्तुका सहायक वन अधिकृत तीन लाख घुससहित पक्राउ

कपिलवस्तु । कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख रकमसहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । महतोलाई अख्तियारले चन्द्रौटास्थित निजको डेराबाट तीन

विद्युत् चोरीको आरोपमा वडा अध्यक्षसहित २१ जना पक्राउ

राजविराज । सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई आज पक्राउ गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त

रकम ठगी गरेर फरार रहेका सहकारीका अध्यक्ष पक्राउ

धनकुटा । रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।  धनकुटा नगरपालिका–७ हुलाक टोलमा रहेको सहयात्री कृषि सहकारी लिमिटेड संस्थाले ऋण तथा

ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ

राजविराज । सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा राजविराज नगरपालिका–९, मलेठ निवासी रामदयाल साह, उनका २५ वर्षीय छोरा