• २०८१ बैशाख ७ शुक्रबार

सान्जेन जलविद्युत ८७ करोड रुपैयाँको साधारण सेयर खुल्यो

kharibot

काठमाडौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आज शुुक्रबारबाट ८७ करोड ६० लाख रुपैयाँको साधारण सेयरको बिक्री खुल्ला गरेको छ ।  कम्पनीले एक सय रुपैयाँ अंंकित मुल्य कायम रहनेगरी दुुई चरणमा ८७ लाख ६० हजार कित्ता साधारण सेयर बिक्री खुल्ला गरेको हो । 

कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका तत्कालिन जिविस र गाविसहरु¬) का कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष)का कर्मचारीहरुका लागि छुट्टयाइएको सेयर निश्कासन गर्न लागेको हो । ति कम्पनीहरुका लागि क्रमश : १९ दसमलव पाँच प्रतिसत, तीन दसमलव पाँच प्रतिसत र एक प्रतिसत सेयर छुुट्याइएको छ ।

कम्पनीले ४९ प्रतिशत साधारण सेयर मध्ये सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई छुट्याइएको २४ प्रतिशत अर्थात ८७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर पहिलो चरणमा निश्कासन गर्न लागेको हो । दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई छुट्याएको १० प्रतिशत सेयर र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्याएको १५ प्रतिशत सेयर निश्कासन गर्ने  कम्पनीले जानकारी दिएको छ ।  कम्पनीको प्रति सेयर मूल्य १०० रुपैयाँ रहने छ । कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेमा बहाल रहेका र त्यसपछि विवरणपत्र स्वीकृत भएको २०७४ मंसिर २६ सम्ममा थप भएका संचयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले सेयरमा आवेदन दिन सक्ने छन् ।

सञ्चयकर्ताहरुका लागि छुट्याएको ७१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको सेयरका लागि सञ्चयकर्ताले  ११–३० फागुन, २०७४ सम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । कर्मचारी संचय कोषका संचयकर्ताहरु कर्मचारीहरुले न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ३०० कित्तासम्म आवेदन दिन सक्ने आयोजनाले बताएको छ । यस कम्पनीको संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई १२ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर छुट्याइएको छ । संस्थापक संस्थाका कर्मचारीहरुले न्यूनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ३०० कित्तासम्म आवेदन दिन सक्नेछन् । 

यसैगरि, कर्मचारी संचय कोषका कर्मचारीहरुले न्यूनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्ता सम्म सेयरमा आवेदन दिन सक्ने छन् । उनीहरुका लागि तीन करोड ६५ लाख रुपैयाँ बराबरको सेयर छुट्याइएको छ । संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीहरुले ५–१३ चैत, २०७४ सम्म आवेदन दिन सक्ने बताईएको छ । आवेदन दिंदा अनिवार्यरुपमा  डिम्याट खाता नम्बर उल्लेख गर्नु पर्ने र सी—आश्वा प्रणाली मार्फत आवेदन गर्नु पर्ने व्यवस्था गरिएको आयोजनाले जनाएको छ । धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकको काम नागरिक लगानी कोषले गर्ने छ । 

सान्जेन जल विद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी तीन अर्ब ७५ करोड तथा जारी पूँजी तीन अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीमा चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३९ दसमलव ३६ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० दसमलव ३६ प्रतिशत, रसुवाका स्थानीय तहको एक दसमलव २८ प्रतिशत संस्थापक सेयर छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रर्वन्धकोरुपमा नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रर्वन्धकमा सनराईज क्यापिटल लिमिटेड, ग्लोवल आईएमई क्यापिटल लिमिटेड, एनएमबी क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड र प्रभुु क्यापिटल लिमिटेड रहेकाछन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै