• २०८१ बैशाख १३ बिहीबार

एउटा यस्तो तस्विर, जसले मानिसहरुलाई रुवायो 

kharibot

तस्विर : एपिसेलाको फेसबुक

एउटा यस्तो तस्विर जो दुनियामा भाइरल भयो र धेरै मानिसलाई रुवायो पनि ।

ब्रिटेनको बाल्सोकेनकी जुली एपिसेलाले आफ्नो फेसबुकमा एउटा तस्विर पोष्ट गरिन् जो अहिलेपनि चर्चामा रहेको छ । खासमा एपिसेलाले पोस्ट गरेको तस्विरमा एक हिस्सा २०१५ मा को एउटा तस्विर छ, जसमा आफ्नी मुस्कुराई रहेकी छोरीको तस्विर छ । भने दोस्रो भागमा सन् २०१६ को तस्विर छ, जसमा तस्विरको पृष्ठभुमि उही भएपनि त्यसमा उनकी छोरी भने छैनन् । उनकी छोरीको क्यान्सरका कारण गत डिसेम्बरमा निधन भएको थियो ।

मानिसहरुले एपिसेलाको क्यान्सर रोग प्रतिको जागरुकता फैलाउने यो तरिकाको सबैले तारिफ मात्र गरेका छैनन्, उनको यो हिम्मतबाट मानिसहरु भावुक पनि भएका छन् ।

एपिसेलाले फेसबुकमा लेखेकी छन् –‘स्कुल फोटो टाइम तर यसपटक बहुत खास कुरा गायब छ । मेरी छोरी एमिली, कल्पना गर्नुस तपाइँको स्कुल जाने पहिलो दिनको तस्विर आखिरी तस्विर हो, जुन तपाइँले लिनु भएको होला अब त्यो केबल याद मात्र बनेर रह्यो ।’

एपिसेलाकी छोरी एमिलीलाई २०१३ मा किड्नीको क्यान्सरको पत्ता लागेको थियो र गत डिसेम्बरमा उनो निधन भयो । एपिसेलले आफ्नो पोष्टको माध्यमबाट बच्चाहरुलाई हुने क्यान्सर प्रति जागरुकता फैलाउन अपिल गरेकी छन्  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै