• २०८१ बैशाख ७ शुक्रबार

युरोपा लिग अघि फ्यानहरुको झडपमा एक प्रहरीको मृत्यु  

kharibot

काठमाडौँ । फुटबल खेल अघि भएको फ्यानहरुको झडपमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।

युरोपा लिग अन्तर्गत एथलेटिक बिल्बाओ र रसियन क्लब स्पार्टक मस्कोबीचको खेल सुरु हुनु अघि फ्यानहरु बीच झडप भएको थियो । सो खेल हेर्न करिब २५ सय रसियन फ्य स्पेन आएका थिए ।

खेल सुरु हुनु अघि नै बाटोमा दुइ क्लबका फ्यानहरु भिडेका थिए । फ्यानहरुले सडकमा आगो लगाएर झगडा गर्न लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सोहिक्रममा एक प्रहरीलाइ हार्ट अट्याक भएको बताइएको छ । 

फ्यानहरुको झडप पछी भएको खेलमा स्पार्टक मस्कोले एथलेटिक बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेपनि समग्रमा एथलेटिक ४-३ ले विजयी हुदै युरोपा लिगको अन्तिम १६ मा पुगेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै